बिहिवार, कार्तिक १, २०८१
Sancharmanch

स्वस्थानी व्रत एवम् माघस्नान सुरु

सोमवार, माघ ३, २०७८

हरेक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना विधिपूर्वक गरिने स्वस्थानी व्रत एवम् माघस्नान सोमबारदेखि सुरु भएको छ ।


पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना स्वस्थानी व्रत र माघ स्नान गरिन्छ । पौष शुक्ल चतुर्दशीको दिन हात गोडाका नङ काटी स्नान गरी शुद्ध वस्त्र पहिरिएर यसको सुरवात हुन्छ ।


बिहान माघ स्नान गरी नित्य मध्याह्नकालमा महादेवको पूजा गरिन्छ । बेलुकी स्कन्द पुराणको केदार खण्डअन्तर्गत माघ माहात्म्यको कुमार अगस्त्यबीच संवाद भएको स्वस्थानी व्रत कथा सुन्ने सुनाउने परम्परा छ । यस्तै सोमबारबाटै एक महिनासम्म काठमाण्डौको उत्तरपूर्वी भेगमा रहेको साँखुको शालीनदीमा माघस्नानसहित माधवनारायणको मेला हुनेगर्छ ।

प्राचीनकालदेखि लाग्दै आएको मेलामा यस वर्ष भने कोरोनाका कारण चहलपहल कम देखिएको छ ।

यस वर्ष कोरोनाको महामारीका कारण माधनारायण मेला नगरि व्रतमात्र गर्ने गरी तयारी गरिएको छ ।

पहिलेका वर्षमा करिब ४ सय जनाले माधवनारायण व्रत गर्ने गरेकामा यस वर्ष करिब १ सय ५० जनालाई मात्र स्वास्थ्य सुरक्षाका विधि अपनाएर सुरक्षित साथ राखिने माधवनारायण स्वस्थानी व्रत तथा शालीनदी सुधार समितिले जनाएको छ ।

सम्बन्धित खबर