बिहिवार, कार्तिक १, २०८१
Sancharmanch

चिया कारखानामा आगलागि हुँदा ठुलो क्षती

आइतवार, माघ २, २०७८

माघ २ इलाम / इलामको सूर्योदय नगरपालिका ४ श्री अन्तुमा रहेको इलाम टी प्रोर्डयुस प्रालिद्धारा संचालित अन्तु भ्याली टी स्टेटमा आगलागी भएको छ । दिउशो साढे तीन बजेबाट सुरु भएको आगलागि नियन्त्रणको प्रयासमा छ । आगोलागिबाट ठुलो क्षती भएको छ । पुर्ण रुपमा आगलागि नियन्त्रण नभइ के कती क्षती भयो भन्नेबारे जानकारी आउन नसक्ने बताइएको छ । जिल्ला प्रहरी कार्यलय इलामका सूचना अधिकारी गंगाबहादुर थापाका अनुसार आगलागि नियन्त्रणका लागि इलाका प्रहरी कार्यालय पशुपतिनगर, प्रहरी चौकी श्रीअन्तु, सशस्त्र प्रहरी बल बीओपी छब्बसीको टोली तथा स्थानियको प्रयास जारी छ । त्यस्तै सूर्योदय नगरपालिकाको बारुणयन्त्र, इलाम नगरपालिका र झापा मेचीनगरको दमकल प्रयोग भइरहेको छ । बिद्युत सर्ट भएर आगलागि भएको आशंका गरिएको छ । आगलागि नियन्त्रणमा खट्नु भएका स्थानिय रुद्र घिमिरेका अनुसार इञ्जिन कोठा, कार्यालय तथा आवास क्षेत्र जलेर नष्ट भएको छ । त्यस्तै भित्र रहेको ७० देखी ८० हजार किलो तयारी चिया समेत फ्याक्ट्री भित्रै रहेको जानकारी आफुले पाएको उहाँले बताउनुभयो । आगलागि दिउशैबाट भए पनि साँगुरो बाटो भएका कारण दमकल पुग्न समय लागेका कारण पनि ठुलो क्षती भएको स्थानिय रुद्र घिमिरेले बताउनुभयो । ढिलैगरि पुगेका दमकलहरुले अन्तु पोखरीको पानी ल्याएर आगोलागी नियन्त्रणमा सघाउ पुर्याएको उहाँको भनाई छ । आगलागि पुर्ण रुपमा नियन्त्रणमा नआएपनि अब भने फैलिन नसक्ने अवस्थामा पुगेको बताइएको छ ।

सम्बन्धित खबर