बिहिवार, कार्तिक १, २०८१
Sancharmanch

नेपालीकांग्रेसलाई एकजुट बनाएर लैजाने दायित्व केन्द्रिय सभापतिको, पूर्व उपप्रधानमंत्री विजय कुमार गच्छदार

आइतवार, माघ २, २०७८

माघ २,विराटनगर, नेपाली कांग्रेसका नेताएवम् पूर्व उपप्रधानमंत्री विजय कुमार गच्छदारले नेपाली कांग्रेसको महाधिवेशनका क्रममा भएको आन्तरिक प्रतिस्पर्धाबाट बढेको दुरीलाई आउदो निर्वाचन अघि नै न्यूनगर्दै लैजानुपर्ने धारणा व्यक्त गर्नुभएको छ । विराटनगर बिमानस्थलमा आज संचारकर्मीहरु संग कुरा गर्दै नेता गच्छदारले पार्टी एक भएर अगाडी बढ्नुको विकल्पनभएको बताउनु भएको छ । उहाँले नेपालीकांग्रेसलाई एकजुट बनाएर लैजाने दायित्व केन्द्रिय सभापतिको भएको र उहाँले सबैलाई मिलाएर लैजाने विश्वास व्यक्तगर्नुभयो । उहाँले केन्द्रिय सभापतिले विधि र विधानअनुसार नै केन्द्रिय सदस्यमा मनोनित गरेकोले यसबाट असन्तुष्टि हुनुपर्ने अवस्था नभएको बताउनुभयो ।


फरक प्रसंगमा नेता गच्छेदारले संविधान र कानुनअनुसार तोकिएको समयमा नै स्थानीयतहको निर्वाचन सरकारले गराउनु पर्ने र निर्वाचनहुने भएकाले गलतहल्लाको पछि नलाग्नआग्रहगर्नुभयो ।

सम्बन्धित खबर