बिहिवार, कार्तिक १, २०८१
Sancharmanch

कोरोनाको संक्रमण देखिएपछि, विराटनगरस्थित मालपोत कार्यालय अनिश्चितकालागि बन्द

आइतवार, माघ २, २०७८

माघ २, विराटनगर कर्मचारीहरुमा कोरोनाको संक्रमण देखिएपछि विराटनगरस्थित मालपोत कार्यालयको सेवा अनिश्चितकालागि बन्द गरिएको छ ।


विराटनगर स्थित भुमि सुधार तथा मालपोत कार्यालयका ६ जना कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि सुचना टाँस गरेर अनिश्चितकालकालागि कार्यालयको सेवा बन्द गरिएको छ । मालपोत कार्यालयका ४ जना कर्मचारीलाई पनि कोरोना संग मिल्दोजुल्दो लक्षण देखिएको र उनीहरुको परिक्षण भईरहेकोले कार्यालयको आन्तरिक कामकाज बाहेकका सबै सेवाबन्द गरिएको सो कार्यालयले जानकारी दिएको छ । सो कार्यालयको कम्प्युटर संग सम्बन्धित कर्मचारीहरु संक्रमित भएकाले अर्को सूचना नभएसम्म सेवाग्राहीको काम बन्द गरिएको हो । यसरी कार्यालय बन्दहुदाँ सेवालिन आएका सेवाग्राहीहरु रित्तै फर्किएका थिए । उनिहरुले थाहा नपाएर आएको र पुरै सेवा बन्दगर्दा टाढाबाट आउदाजाँदा समस्या परेको गुनासो गरेका छन् ।

सम्बन्धित खबर