बिहिवार, कार्तिक १, २०८१
Sancharmanch

२४औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस ‘भूकम्पीय सचेतना, सुरक्षित संरचना’

आइतवार, माघ २, २०७८

२४औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाइएको छ ।


‘भूकम्पीय सचेतना, सुरक्षित संरचना’ भन्ने नाराका साथ भूकम्प सुरक्षा दिवस मनाइएको हो । भूकम्पले नभइ कमजोर संरचनाले मानवीयलगायतको क्षति गर्छ भन्ने चेतना जगाउँदै २०५५ सालदेखि माघ २ गतेलाई भूकम्प दिवसका रुपमा मनाउन सुरु गरिएको हो ।

दिवसका अवसरमा भूकम्प सुरक्षा दिवस मूल समारोह समितिले ललितपुरको पाटन दरबार क्षेत्रमा विशेष कार्यक्रमको आयोजना गरेको थियो । कार्यक्रमलाई भर्चूअल माध्यमबाट सम्बोधन गर्दै प्रधानमन्त्री शेर बहादुर देउवाले विपत् व्यवस्थापन गर्न तीनवटै तहका सरकारको आपसी सहकार्य आवश्यक रहेको बताउनुभयो । ७२ सालको भूकम्प पश्चात विपत् व्यवस्थापन लगायतका विषयमा महत्वपूर्ण अनुभव हासिल गरिसकेको भन्दै प्रधानमन्त्री देउवाले विगतका कमी कमजोरीबाट पाठ सिकेर अघि बढ्नु बुद्धिमानी हुने धारणा पनि राख्नुभयो ।

कार्यक्रममा गृहमन्त्री बालकृष्ण खाँणले भूकम्पको क्षतिलाई न्युनीकरण गर्नका साथै कुनै पनि प्राकृतिक प्रकोपबाट नागरिकको ज्यान नगुमोस भन्नेमा सरकार सचेत रहेको बताउनुभयो । दिवसका अवसरमा २०७२ सालको भूकम्पका कारण भत्किएका संरचनाको पूनर्निर्माणबारे पनि जानकारी गराइएको थियो ।

सम्बन्धित खबर