बिहिवार, कार्तिक १, २०८१
Sancharmanch

मन्त्री प्रेमबहादुर आले द्वारा नारायणहिटी संग्रहालयमा बतास कम्पनीले बनाउन खोजेको संरचनाको निरक्षण

आइतवार, माघ २, २०७८

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले नारायणहिटी संग्रहालय पुगेर बतास कम्पनीले बनाउन खोजेको संरचनाको निरक्षण गर्नुभएको छ ।
निरिक्षणका क्रममा मन्त्री आलेले कपी सपको बहानामा ठूलै संरचना बनाउन खोजेको देखिएको बताउनुभयो । त्यस्तै उहाले सो क्षेत्रमा रहेको बंकरभित्र पनि निरक्षण गर्नुभएको थियो । संरचना हेर्दा कफी सप नभई नाचगान र मदिरापानसम्मका लागि तयारी गरिएको देखिएको उहाले बताउनुभयो । उहाले कपीसपका लागि मात्रै अनुमति दिइएको अभिव्यक्ती दिएका योगेश भट्टराईलाई एकपल्ट आएर अवलोकन गर्न सुझाव दिनुभयो । उहाले नारायणहिटी संग्रहालयमा संरचना निर्माणका बिषयमा छानबिन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सिआइबीलाई जानकारी गराइएको बताउनुभयो । पुरातत्विक संरचनालाई मासेर कंक्रिटका भवन बनाउनु निन्दनीय रहेको उल्लेख गर्दै मन्त्री आलेले संरक्षण गर्ने जिम्मा पाएको कार्यालयका प्रमुखले उत्तरदायी भूमिका निर्वाह गर्न नसकेको बताउनुभयो ।

सम्बन्धित खबर