बिहिवार, कार्तिक १, २०८१
Sancharmanch

पीएम कप टी–टवान्टी राष्ट्रिय क्रिकेटमा सुदुरपश्चिम प्रदेशले प्रदेश नं. १ माथि सानदार जित

आइतवार, माघ २, २०७८

पीएम कप टी–टवान्टी राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत सुदुरपश्चिम प्रदेशले प्रदेश नं. १ माथि सानदार जित दर्ता गरेको छ ।
समूह ‘ए’ अन्तर्गत प्रतियोगिताबाट बाहिरिसकेको सुदुरपश्चिमले प्रदेश १ लाई ७ विकेटले पराजित गरेको हो । पराजयसँगै सेमिफाइनल प्रवेश गर्ने प्रदेश १ को सम्भावना पनि टुंगिएको छ भने यस समूहबाट त्रिभुवन आर्मी क्लब अन्तिम चारमा प्रवेश गरेको छ । समूह ‘ए’ बाट लगातार तीन खेल जित्दै ६ अंककासाथ नेपाल एपीएफ क्लब समूह विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरिसकेको छ । खेलमा १ सय ५९ रनको लक्ष्य सुदुरपश्चिमले १९ दशलमब १ ओभरमा ३ विकेट गुमाएर पुरा गर्यो ।
त्यस्तै आइतबार नै भएको अर्को खेलमा गण्डकी प्रदेशलाई ५ विकेटले पराजित गर्दै लुम्विनीले दोस्रो जित दर्ता गर्न सफल भयो । दोस्रो जित दर्ता गरेपनि लुम्बिनी भने यस अघि नै प्रतियोगिताबाट बाहिरिसकेको थियो । चारवटै खेलमा पराजय भोगेकोे गण्डकी पनि प्रतियोगिताबाट बाहिरिसकेको छ । खेलमा गण्डकीले दिएको १ सय ५ रनको लक्ष्य लुम्बिनीले १३ दशमलब १ ओभरमा ५ विकेट गुमाएर पुरा गर्यो । यस अघि टस जितेर पहिले ब्याटिङ गरेको गण्डकीले १९ दशमबल १ ओभरमा अलआउट हुदै १ सय ४ रन जोड्यो ।

सम्बन्धित खबर