बिहिवार, कार्तिक १, २०८१
Sancharmanch

पर्यटनमन्त्री प्रेमकुमार आले द्वारा बतासको कुनै सात तारे होटल भन्दा कम नदेखिने धर्मशाला निरिक्षण

आइतवार, माघ २, २०७८

संस्कृति, नागरिक उड्डयन तथा पर्यटनमन्त्री प्रेमकुमार आलेले पशुपति क्षेत्रभित्र रहेको बतास अर्गनाइजेशनबाट सञ्चालित पशुपति धर्मशालाको स्थलगत निरिक्षण गर्नुभएको छ ।


यसअघि भारत सरकारले अनुदानमा बनाइदिइएको धर्मशालामा वतास समूहले होटेल सञ्चालन गरेको पाइएपछि मन्त्री आलले निरिक्षण गर्नुभएको हो । सो क्रममा मन्त्री आलले होटलको प्रत्येक कोठाको निरिक्षण गर्नुभएको थियो भने कोठाको दर रेटका बारेमा जानकारी लिनुभएको थियो ।

निरिक्षणपछि मन्त्री आलेले आफूले नसोचेको कुरा पाएको र धर्मशाला कुनै सात तारे होटल भन्दा कम नदेखिएको बताउनुभयो । यसबारे छानबिन समितिले सोमबार प्रतिवेदन बुझाउने र त्यसपछि आवश्यक निर्णय लिने उहाले बताउनुभयो ।

मन्त्री ओलेले छानबिनको क्रममा दोषी देखिएका सबैलाई कारबाही गर्ने प्रतिबद्धतासमेत जनाउनुभयो । आलेले राजनीतिक प्रतिशोध साँध्नका लागि आफूले कुनै काम नगरेको भन्दै आफ्नै पार्टीको भए पनि सरकारी सम्पती दुरुपयोग हुन नदिने स्पष्ट पार्नुभयो ।

पशुपतिनाथ दर्शन गर्न आउने तीर्थयात्रीहरुलाई खान र बस्न सहज होस् भनेर तिलगंगामा बनाइएको धर्मशालाको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले पशुपतिस्थित धर्मशाला संयुक्त रुपमा उदघाटन गर्नुभएको थियो । तर धर्मशाला भाडामा लिएर महँगो होटल चलाएको भन्दै बतास समूहको आलोचना हुँदै आएको छ ।

सम्बन्धित खबर