बिहिवार, कार्तिक १, २०८१
Sancharmanch

कोरोना कहरकै विच वाह्रदशीले लगायो सेलरोटी मेला

शनिवार, माघ १, २०७८

माघ १, झापा, आज माघ १ गते अर्थात मंकर संंक्रान्ति । यो दिनलाई माघे संंक्रान्ति वा माघी नामले समेत चिनिन्छ । विभिन्न जात जातिको साझा पर्बको रुपमा रहेको माघे संंक्रान्ति विशेषगरी हिन्दू, बुद्धमार्गी, र किराँत समुदायले आजको दिन आ– आफ्नै परम्परा र संस्कार अनुसार मनाउँदै आएका छन् । तर यस वर्ष कोरोना संक्रमण तिब्र गतिमा वढिरहेको सन्दर्भमा सरकारले भने ठुलो जमघट गरेर कुनैपनि कार्यक्रम सञ्चालन नगर्न अनुरोध गरिरहदा वाह्रदशी गाउँपालिकामा भने वढो तामझामकासाथ सेलरोटि महोत्सवको आयोजना गरिएको छ । परिस्थिति सहज हुदा भब्यरुपमा मनाइने मंकर संक्रान्तिमा यस वर्ष झापामा लाग्ने पुरानो माई मेला समेत स्थगित गरिएको सन्दर्भमा बाह्रदशी गाउँपालिकाले भने बहादुरी देखाएको छ ।

आखि के हो त मंकर संंक्रान्ति ? फरक – फरक समुदायले फरक / फरक रुपमा यो पर्व मनाएपनि ज्योतिष शास्त्र अनुसार सौरमासको हिसाबले माघे संक्रान्तिदेखि सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने हुनाले यसलाई ‘मकर संक्रान्ति’ भनिएको हो । आजको दिन हिन्दू धर्मावलम्बीहरुले विहानै मकर स्नान गरी घीऊ, चाकु, तिलको लड्डु, सागपात, तरुल, वस्त्र, पानीको भाँडो र मकलसहितको सिदा दान गरेमा विशेष फल प्राप्त हुने र उक्त पदार्थ आफूले पनि खाएमा शरीर पोषिलो हुनुका साथै निरोगी होइने विश्वास छ । यही विश्वासलाई आत्मसाथ गर्दै आजका दिन झापाको कनकाईमाई सहित देशका विभिन्न जलासयमा मकर नुहाउने प्रचलन रही आएको छ । मकर संंक्रान्ति कै अबसर पारेर झापाको बाह्रदशी गाउँपालिकामा भने यो बर्ष फरक कार्यक्रमको आयोजना गरियो । जनचेतना मूल कृषक समूह राजगढको आयोजना तथा पाथीभरा चतनशील महिला समूहको सह आयोजनामा राजगढ बजारमा माघ १ गते अर्थात माघे संंक्रान्तिकोे अवसरमा ‘सेलरोटी महोत्सव’को आयोजना गरियो । बाह्रदशी गाउँपालिकाभित्र रहेका सबै सामाजिक संघ संस्थाको सहभागीतामा आयोजित सेलरोटी महोत्सवमा सहभागी सबैलाई सेलरोटी खान दिएकाएको थियो । संस्कार संस्कृतिको संरक्षण र सम्वद्धन गर्ने उद्देश्यले पूर्वमै पहिलो पटक सेलरोटी महोत्सवको आयोजना गरिएको जनचेतना मूल कृषक समूह बाह्रदशीका अध्यक्ष पुण्य ढुङ्गेलले बताउनुभयो ।


गाउँपालिका भित्र सञ्चालनमा रहेका विभिन्न कृषक समूहमा आवद्ध सदस्यहरु सेलरोटी महोत्सवमा स्वतस्फूर्त रुपमा सहभागी भएका थिए । राजगढ बजार परिसरमा आयोजित महोत्सवमा झण्डै तीन हजार भन्दा धेरै मानिस सहभागी हुँदै माघे संंक्रान्ति र सेलरोटी महोत्सवको विषयमा जानकारी लिएका थिए । वजार परिसरमा विहानैबाट सेलरोटी पकाउन शुरु गरेका महिलाहरुले दिनभरजसो सेलरोटी पकाउँदै आएका सबै जनालाई सेलरोटी खान दिएका थिए । हिन्दूधर्मावलम्बीहरुले तिहार या त पितृ वा देवोकार्यमा मात्रै पकाउँदै आएको सेलरोटी राजगढ बजार परिसरमा महोत्सवकै रुप दिँदै भावी पिँढीलाई समेत सेलरोटीका विषयमा जानकारी दिनुले सन्तान दरसन्तानमा समेत संस्कार र संस्कृति संरक्षणमा टेवा पुग्ने विश्वास शिक्षा सेवीहरुको भनाई छ ।


त्यसो त विभिन्न जात जाति र समुदायले आ– आफ्नै संस्कार र संस्कृति झल्कने विभिन्न खाले महोत्वसको आयोजना गरिरहेका बेला माघ १ गते अर्थात माघे संक्रान्तिका दिन बाह्रदशी गाउँपालिकावासीले सेलरोटी महोत्सवको आयोजना गरेर जातिय परिकारको संरक्षण र सम्वद्धनका क्षेत्रमा देखाएको अग्रसरता सबैका लागि अनुकरणीय भए पनि समय सान्दर्भिक देखिएन ।

सम्बन्धित खबर