बिहिवार, कार्तिक १, २०८१
Sancharmanch

योग दिवसमा बृहत् रक्तदान

शनिवार, माघ १, २०७८

शरणामती।सातौं राष्ट्रिय योग दिवसको अवसरमा झापा गाउँपालिका(६ शरणामतीमा बृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ।पतञ्जली योग समिति झापा गाउँपालिका,शरणामती आयुर्वेद औषधालय र नेपाल रेडक्रस सोसाइटी शरणामती उपसाखाको संयुक्त आयोजनामा रक्तदान सम्पन्न भएको हो।शनिवार सम्पन्न रक्तदान कार्यक्रममा ३९ जनाले रक्तदान गरेको नेरेसो शरणामतीका सभापती केशब बजगाईंले बताउनु भयो । रक्तदान गर्न इच्छुक धेरै युवाले कोरोना भाइरस बिरुद्धको खोप लगाएको १४ दिन पनि नभएकाले रक्तदानबाट बञ्चित हुनु परेको उहाँको भनाई छ। नेरेसो शरणामतीका सभापती केशब बजगाईंको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गाउँपालिका प्रमुख जयनारायण साहको प्रमुख आतिथ्यता रहेको थियो।त्यस्तै विशिष्ट अतिथीहरु झापा(६ का वडाध्यक्ष हरि बहादुर बानीयाँ,पतञ्जली योग समिति प्रदेश १ का महामन्त्री लक्ष्मीप्रसाद काफ्ले रहनु भएको थियो।अथितीहरु क्रमस योग समितिका झापा जिल्ला सदस्य बिक्रम कार्की,आयुर्वेद औषधालयका वैध गंगाराम भट्टराई,जेष्ठ नागरिक संघका अध्यक्ष गोपाल प्रसाईं,सिद्देश्वर शिवालय मन्दिरका अध्यक्ष तेज प्रसाद भट्टराई,महिला संजालका अध्यक्ष बिन्दामाया पौडेल,समाजसेवीहरु रुद्र बजगाईं,चन्द्रबहादुर कार्की,विश्वनाथ राजबंशी,जगरनाथ राजबंसी,अन्जु थपलिया,बसुन्धरा थपलिया,सखिचन्द्र ठाकुर लगायतको सहभागिता रहेको थियो।कार्यक्रममा प्रमुख अतिथी साहले कोरोना भाइरस संक्रमणको तेस्रो लहर आइसकेको बताउदै यस रक्तदानले अस्पतालमा हुने रगत अभावमा महत्वपुर्ण भुमिका खेल्ने बताउनु भयो।मोहन मिश्रले संचालन गरेको कार्यक्रममा भविन्द्र भण्डारीले स्वागत मन्तव्य राख्नु भएको थियो।

सम्बन्धित खबर