बिहिवार, कार्तिक १, २०८१
Sancharmanch

थ्री स्टारले संकटा क्लबमाथि १–० गोल अन्तरले जित

शनिवार, माघ १, २०७८


माघ १,सहिद स्मारक ए डिभिजन लिग फुटबलमा थ्री स्टारले संकटा क्लबमाथि १–० गोल अन्तरले जित दर्ज गरेको छ ।
शनिबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा विजय भुजेलको निर्णायक गोलले थ्री स्टारलाई जित दिलाएको हो । विजयले खेलको इन्जुरी समयको सातौं मिनेटमा गोल गरेका थिए । संकटाका गोलकिपर राजा बाबुले पन्च गरेको बल नियन्त्रणमा लिदै राफायल रिमले उपलब्ध गराएको पासमा विजयले सहजै गोल गरेका हुन । जितसँगै थ्री स्टारले ९ खेलमा १६ अंक जोडेको छ भने थ्री स्टार लिगको चौंथो स्थानमा उक्लिएको छ । लिगमा संकटाले ९ खेलमा १४ अंक जोड्दै पाँचौं स्थानमा झरेको छ ।

सम्बन्धित खबर