बिहिवार, कार्तिक १, २०८१
Sancharmanch

मनाङ मनाङ मस्र्याङ्दी सात्तदोबाटो युथ क्लबसँग २–१ गोल अन्तरले पराजित

शुक्रवार, पौष ३०, २०७८

सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा मनाङ मर्स्याङ्दी क्लब सातदोबाटो युथ क्लबसँग २–१ गोल अन्तरले पराजित भएको छ ।
शुक्रबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको रोमान्चक खेलमा मनाङ मर्स्याङ्दी सातदोबाटोसंग पराजित भएको हो । सातदोबाटोलाई जित दिलाउन मार्टिन एडिल्फे सिलो नाङ्गा र मार्टिन्स अजयीले एक एक गोल गरे । मनाङका आफिज ओलावाले ओलादिपोले एक गोल फर्काए । जितसँगै सातदोबाटोले ९ खेलमा १२ अंक जोडेको छ । सातदोबाटो लिगको छैटौं स्थानमा उक्लिएको छ । मनाङले ९ खेलमा १९ अंक जोडेको छ । मनाङ दोस्रो स्थानमा यथावत रहेको छ ।

सम्बन्धित खबर