बिहिवार, कार्तिक १, २०८१
Sancharmanch

मेडिकल कलेजका कार्यकारी अध्यक्ष सुनिल शर्मालाई कालोमोसो

शुक्रवार, पौष ३०, २०७८

विद्यार्थी संगठनहरुले काठमाडौं मेडिकल कलेजका कार्यकारी अध्यक्ष सुनिल शर्मालाई कालोमोसो दलेका छन् ।
शिक्षा मन्त्रालयमा शुक्रबार भएको सर्वपक्षीय बैठक सकेर बाहिर निस्कने क्रममा मन्त्रालय परिसरमै सोही कलेजमा अध्ययनरत विद्यार्थीले शर्मालाई कालोमोसो दलेका हुन् । पाँच जनाको समूहमा रहेका विद्यार्थीले ‘नमस्कार सर’ भनेर शर्मालाई सम्बोधन गरेका थिए । शर्माले नमस्कार समेत फर्काउन नपाउँदै विद्यार्थीले कालोमोसो दलेका हुन् । कालोमोसोले पोतिएका शर्मा मन्त्रालयमा मुख धोइ गाडी चढेर सिंहदरबारबाट निस्किएका थिए । कालोमोसो दल्ने पाँच जना विद्यार्थीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरूले आयोगले तोकेको भन्दा बढी शुल्क लिएको भन्दै विरोध गर्दै आइरहेका छन् ।

सम्बन्धित खबर