बुधवार, असोज ३०, २०८१
Sancharmanch

माघ पहिलो हप्ताभित्र स्थानीय तहको निर्वाचन घोषणा हुनुपर्ने निर्वाच आयोगको निष्कर्ष

शुक्रवार, पौष ३०, २०७८

स्थानीय तहको निर्वाचनबारे सरकारले तत्काल निर्णय लिनुपर्ने निर्वाचन आयोगको निष्कर्ष निकालेको छ ।
शुक्रबार प्रमुख राजनीतिक दलका नेताहरुसँगको छलफलमा निर्वाच आयोगले माघ पहिलो हप्ताभित्र स्थानीय तहको निर्वाचन घोषणा हुनुपर्ने निष्कर्ष निकालेको हो । निर्वाचन कानुन अनुसार आयोगलाई तयारीका लागि चाहिने १२० दिन घर्किसकेको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो ।


काँग्रेस नेता रमेश लेखकले वर्तमान सरकार तथा नेपाली काँग्रेस स्थानीय चुनाव गराउन तयार रहेको बताउँदै त्यसका लागि केही कानुन भने संशोधन गर्नुपर्ने बताउनुभयो । उहाँले राष्ट्रिय सभाको निर्वाचनका लागि मतदान केन्द्र बढाउनुभपर्ने बताउदै सरकारले आयोगको सुझाव अनुसार छलफल गरेर निर्वाचनको मिति तोक्ने जानकारी दिनुभयो ।


प्रतिपक्षी दल नकेपा एमालेका नेता विष्णु रिमालले अहिलेको मौजुदा कानुनले चुनाव गर्न कुनै समस्या नहुने भएकाले वर्तमान कानुनकै आधारमा चुनाव गर्न सुझाव दिनुभयो । उहाँले समयमै निर्वाचन हुनुपर्ने बताउदै एमालेले वैशाखमै चुनाव होस् भन्ने चाहेको जानकारी दिनुभयो ।
कोरोना महामारीकाबीच निर्वाचन सम्भव रहेको बताउदै रिमालले कोरोना विरुद्धको खोप लगाउन सरकार चुक्न नहुने बताउनुभयो ।

सम्बन्धित खबर