बिहिवार, कार्तिक १, २०८१
Sancharmanch

प्रदीप ज्ञवालीद्वारा प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकार ६ महिनामै असफल भएको टिप्पणी

शुक्रवार, पौष ३०, २०७८

नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकार ६ महिनामै असफल भएको टिप्पणी गर्नुभएको छ । शुक्रबार रिपोर्टस क्लवले गरेको कार्यक्रममा उहाँले देउवा नेतृत्वको सरकारको ६ महिनामा पुँजीगत खर्चको ८ प्रतिशत पनि खर्च हुन नसकेको भन्दै सरकार असफता तर्फ उन्मुख भएको बताउनुभएको हो । उपमाहासचिव ज्ञावलीले सर्वोच्च अदालतको परमादेशले सरकार बनेको बताउदै यसको मूल्य अहिले सिंगो मुलुकले चुकाउन पर्ने अवस्था आएको तर्क गर्नुभयो । उहाँले संसदको अवरोध चाडो अन्त्य होस भन्ने एमालेले चाहेको बताउँदै संसद खुल्नलाई सभामुखले आफ्नो गल्ती सच्याउनु पर्ने धारणा राख्नुभयो ।

सम्बन्धित खबर