बिहिवार, कार्तिक १, २०८१
Sancharmanch

पीएम कप टी–ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगितामा बागमती प्रदेशले प्रदेश नं. २ लाई ५ विकेटले पराजित

शुक्रवार, पौष ३०, २०७८

पीएम कप टी–ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगितामा बागमती प्रदेशले प्रदेश नं. २ लाई ५ विकेटले पराजित गरेको छ । शुक्रबार भएको खेलमा समूह ‘बी’ अन्तर्गत आफ्नो तेस्रो खेलमा प्रदेश नं. २ लाई बागमती प्रदेशले ५ विकेटले पराजित गर्दै अन्तिम चारको सम्भावना बलियो बनाएको हो । चारमध्ये तीन खेलमा पराजय भोगेको प्रदेश २ प्रतियोगिताबाट बाहिरिएको छ । यसै समूहमा चारवटै खेल जित्दै नेपाल एपीएफ समूह विजेताको रुपमा सेमिफाइनलमा प्रवेश गरिसकेको छ । बागमतीले तीन मध्ये दुई खेल जित्दै चार अंक जोडेको छ ।

सम्बन्धित खबर