बिहिवार, कार्तिक १, २०८१
Sancharmanch

प्रेस चौतारी धनकुटाको अध्यक्षमा रबिन कटेल निर्वाचित

शुक्रवार, पौष ३०, २०७८

धनकुटा । प्रेस चौतारी नेपाल धनकुटाको अध्यक्षमा पत्रकार रबिन कटेल निर्वाचित हुनुभएको छ । धनकुटामा बिहिबार सम्पन्न प्रेस चौतारीको ९ औं जिल्ला अधिवेशनबाट अध्यक्षमा कटेल सर्वसम्मत निर्वाचित हुनु भएको हो ।

   बिगत १३ बर्षदेखि पत्रकारिता क्षेत्रमा क्रियाशिल कटेल संगालोखबर अनलाइन मिडियाका सञ्चालक पनि हुन् । पत्रकार महासंघ धनकुटाका कोषाध्यक्षसमेत रहेका कटेल सगरमाथा टेलिभिजन, राजधानी दैनिक र उद्घोष दैनिकसँग पनि आवद्ध हुनुहुन्छ । जिल्ला अधिवेशनले निवर्तमान कार्यसमितिका उपाध्यक्ष कटेलको अध्यक्षतामा १९ सदस्यीय नयाँ जिल्ला कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।

   समितिको खुल्लातर्फको उपाध्यक्षमा विश्वराज श्रेष्ठ र समावेशीतर्फको उपाध्यक्षमा मनिषा पोख्रेल चयन भएका छन् । सचिवमा भीम मल्ल छानिएका छन् । सह–सचिवमा खुल्लातर्फ डम्बरु दाहाल र समावेशीतर्फ माया राउत तथा कोषाध्यक्षमा रविन्द्र रणपहेली चयन हुनुभएको छ ।

   समितिको सदस्यहरुमा विनु चेम्जोङ्ग, सन्तोष सुवेदी, विश्वजित देउजा, गोमा ढुंगाना, प्रेमा सुब्बा, अनिता राई, कल्पना तामाङ्ग, कृष्णा राई, सष्टिका राई, रुपा वनेम, अनिसा रुचाल र प्रज्वल कटेल निर्वाचित हुनु भएको छ । अधिवेशनले भरत थोक्लेनलाई सल्लाहकार चयन गरेको छ । थप सल्लाहकारहरु जिल्ला कार्य समितिको बैठकले मनोनित गर्ने नव निर्वाचित अध्यक्ष कटेलले जानकारी दिनुभयो ।
सम्बन्धित खबर