बिहिवार, कार्तिक १, २०८१
Sancharmanch

सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा एपीएफले हिमालयन शेर्पा क्लबलाई १–० गोल

शुक्रवार, पौष ३०, २०७८

सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा एपीएफले हिमालयन शेर्पा क्लबलाई १–० गोल अन्तरले हराएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा एपीएफले शेर्पालाई १–० गोल अन्तरले हरोएको हो । एपीएफलाई जित दिलाउन आवाश लामिछानेले निर्णायक गोल रहयो। आवाशले पहिलो हाफको इन्जुरी समयमा गोल गरेका हुन् । कप्तान नवीन लामाको कर्नरमा आवाशको हेडमार्फत उत्कृष्ट गोल रहयो । यो जितसँगै एपीएफले ९ खेलमा १० अंक जोडेको छ । एपीएफ दशौँ स्थानमा उक्लिएको छ । हिमालयनले ९ खेलमा ११ अंक जोडेको छ । हिमालयन छैटौं स्थानमा रहेको छ ।

सम्बन्धित खबर