बिहिवार, कार्तिक १, २०८१
Sancharmanch

३ नाल भरुवा बन्दुक सहित पक्राउ

शुक्रवार, पौष ३०, २०७८

मोरङ, पौष ३० मोरङको लेटाङ नगरपालिका ९ बशन्त हरियाली सामुदायिक बनबाट भरुवा बन्दुक सहित एक जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा मोरङ मिक्लाजुङ गाऊपालिका ५ का ६० बर्षीय ईन्द्र बहादुर राई रहेका छन् । आज बिहान १० बजे अस्थाई प्रहरी चौकी जाँतेबाट खटिएको प्रहरी टोलीले राईलाई भरुवा बन्दुक बोकी हिडीरहेको अबस्थामा फेला पारेको हो । उनको साथबाट प्रहरीले लोड भएको भरुवा बन्दुक(३ नाल, बारुद२ डब्बा, गोली (१८ थान, छर्रा(५ पोका, खुकुरी(१ थान, गेटिस ९गुलेली १ थान बरामद गरेको छ । पक्राउ परेका राईलाई ईलाका प्रहरी कार्यालय लेटाङबाट थप अनुसन्धान भईरहेको छ ।

सम्बन्धित खबर