बिहिवार, कार्तिक १, २०८१
Sancharmanch

ट्रिफर दुर्घटनाबाट २ जनाको मृत्यु

शुक्रवार, पौष ३०, २०७८

धनकुटा, पौष ३०, धनकुटाको धनकुटा नगरपालिका २ नागढुङ्गा स्थित कोशीलोक मार्गमा ट्रिफर दुर्घटना हुँदा चालक सहित २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ट्रिफर चालक प्युठान मानदवी गाऊपालिका १ का २७ बर्षीय भुवन फेडी मगर र सह चालक दाङ बबई गाऊपालिका ३ का २१ बर्षीय नविन बि।क। रहेका छन् । आज बिहान ५ बजे धनकुटाबाट बसन्तपुर तर्फ वालुवाको लोड लिएर जाँदै गरेको बा।प्र।३(००१ क ०५४९ नम्बरको हाइवा टिफर बाटो भन्दा अन्दाजी २५ मिटर तल झरी दुर्घटना हुँदा चालक र सहचालकको घटनास्थलमानै मृत्यु भएको थियो । घटनास्थलमा प्रहरी चौकी हिले र जिल्ला प्रहरी कार्यालय धनकुटाबाट प्रहरी टोली खटि गई कानुनि प्रकृया पुरा गरि लाश पोष्टमार्टमको लागी जिल्ला अस्पताल धनकुटा पठाईएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।

सम्बन्धित खबर