बिहिवार, कार्तिक १, २०८१
Sancharmanch

कोरोना भाइरसविरुद्धको खोप कार्ड अनिवार्य बनाएपछि केही दिनयता खोप केन्द्रहरूमा खोप लगाउनेको चाप बढ्यो

शुक्रवार, पौष ३०, २०७८

सरकारले माघ ७ गतेबाट सार्वजनिक स्थानमा प्रवेश गर्न कोरोना भाइरसविरुद्धको खोप कार्ड अनिवार्य बनाएपछि केही दिनयता खोप केन्द्रहरूमा खोप लगाउनेको चाप बढ्न थालेको छ ।


सरकारी तथा गैरसरकारी कार्यालय, होटल, रेस्टुरेन्ट, सिनेमा हल, रङ्गशाला, हवाईयात्रा, पार्क आदिमा प्रवेश गर्दा कोभिडविरुद्धको खोप लगाएको कार्ड साथमा राख्नुपर्ने व्यवस्था गरिएपछि खोप लगाउनेको भीड बढेको हो । त्यसका साथै कोभिड संक्रमण तीव्र विस्तार भएसँगै खोप केन्द्रमा सर्वसाधारणको चाप बढेको छ । उपत्यकाका अधिकांश खोप केन्द्रमा खोप लगाउनेको भीड निकै बढेको छ । केही दिनअघिसम्म खोप केन्द्रहरुमा खोप लगाउनका लागि मानिसहरू आउँदैनथे तर सरकारले खोप कार्ड अनिवार्य बनाएपछि खोप केन्द्रमा दिनहुँजसो भीड लाग्ने गरेको छ । टेकु अस्पताल, बानेश्वरको सिभिल अस्पताल लगायत खोप केन्द्रमा खोप लगाउने मानिसको पछिल्लो केही दिनयता थामिनसक्नु भीड बढेको हो । सरकारले २५ जनाभन्दा बढी भेला नहुनु भनेपनि खोप केन्द्रहरुमा सयौँको संख्यामा मानिसहरु लाईनमा बस्दा त्यहीँबाटै संक्रमण फैलिने जोखिम बढेको छ ।

सार्वजनिक ठाउँमा खोप कार्ड अनिवार्य भनेर बाध्यात्मक बनाइदिँदा धेरै जना खोपको दायरामा आउने सरकारले लक्ष्य लिएको छ । सरकारी अस्पतालमा खोप लगाउनेको भीड बढेपछि निजी अस्पतालमा समेत खोप लगाउन थालिएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

सम्बन्धित खबर