बिहिवार, कार्तिक १, २०८१
Sancharmanch

साना मझौला व्यवसायी सहकारीद्वारा मास्क वितरण

शुक्रवार, पौष ३०, २०७८

विर्तामोड ३० पुस । विगत केही दिनयता कोभिड संक्रमितको संख्या बढ्न थालेसंगै विर्तामोडमा सामुहिक मास्क वितरण गरिएको छ ।
विर्तामोडमा मुख्य कार्यालय रहेको साना मझौला व्यवसायी बचत तथा ऋण सहकारी संस्थाले शुक्रबार विर्तामोडमा मास्क वितरण गरेको हो ।
सहकारीले संस्थाको सामाजिक उत्तरदायित्व अन्तरगत आयोजित मास्क वितरण कार्यक्रममार्फत २० हजार मास्क वितरण गरिएको संस्थाका सञ्चालक समिति सदस्य चन्द्रकुमार भट्टराईले जानकारी दिनुभयो ।


सहकारीले पैदल यात्रीदेखि सवारी साधानमा मास्क नलगाई हिड्नेलाई मास्क वितरण गरेको हो । विर्तामोडस्थित मुक्तिचोकका चारैतिर सहकारी र जिल्ला ट्राफिक प्रहरीको टोलीले मास्क वितरण गरेको संस्थाका अध्यक्ष देविका बस्नेतले बताउनु भयो । मास्क वितरणमा ट्राफिक प्रहरीले ठूलो सहयोग पुर्याएको भन्दै अध्यक्ष बस्नेतले धन्यवाद ज्ञापन गर्नुभयो ।


त्यस्तै शुक्रबारै सुन्दर सामुदायिक प्रहरी सेवा केन्द्र विर्तामोडले पनि विर्तामोडको भद्रपुर रोडमा मास्क वितरण गरेको छ । सुन्दर सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष उत्तम खनालसहित समितिका पदाधिकारीले सामुहिक रुपमा मास्क वितरण गरेको केन्द्रका लक्ष्मी गौतमले जानकारी दिनुभयो ।
कोरोना संक्रमणको नयाँ भेरियन्टको जोखिम बढिरहेका बेला मास्क अनिवार्य भएपनि सडकमा धेरै मानिसहरु विना मास्क हिड्ने गरेको पाइएको साना मझौला बचत तथा ऋण सहकारी संस्थाकी अध्यक्ष बस्नेतले बताउनु भयो ।

सम्बन्धित खबर