बिहिवार, कार्तिक १, २०८१
Sancharmanch

वडा अध्यक्षको पहलमा गोपाल गौरी दिगो विकास प्रतिष्ठान द्वारा न्यानो कपडा वितरण

बिहिवार, पौष २९, २०७८

पौष २९, झापा । झापाको शिवसताक्षी नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष मनोज खुलाल(कार्की)को पहलमा गोपाल गौरी दिगो विकास प्रतिष्ठान द्वारा विपन्न परिवारका ३४ जना विद्यार्थी र २० जना जेष्ठनागरिक लाई न्यानो कपडा वितरण गरेको हो ।


काठमाण्डौ महानगरपालिका वडा नं. ७ चावहिलमा प्रधानकार्यालय रहेको गोपाल गौरी दिगो विकास प्रतिष्ठाले झापा शिवसताक्षी नगरपालिका नडा नं. ११ मा शाखा कार्यालय स्थापना गरेको संस्था द्वारा विपन्न जेष्ठ नागरिकलाई ज्याकेट, विपन्न विद्यार्थीहरुलाई स्विटर र टोपि न्यानो संस्थाको आफ्नै लगानिमा वितरण गरिएको संस्थाकी संस्थापक अध्यक्ष इन्दिरा गौतमले जानकारी दिनु भयो । गोपाल गौरी दिगो विकास प्रतिष्ठान द्वारा विगत २०६५ साल देखि निरन्तर समाज रुपान्तरणका लागि विभिन्न सामाजिक कार्य गर्दै आएको छ । राज्यलाई विपत्ति परेको खण्डमा सहयोगि हात अगाडि वढाउने गरेको संस्थाले पारिवारिक हिंसामा परेका महिलाहरुलाइृ हरुलाई आश्रय दिएर उज्वल भविश्य निर्माणका लागि विभिन्न शिपमुलक तालिमहरु सञ्चालनका लागि नेपाल सरकार तथा विभिन्न दाताहरुको सहयोगमा आफ्नै भवन निर्माणको कार्य अगाडि वढाइरहेको छ ।


२०७८ कार्तिक २९ गते परेको ठुली एकादशीको दिन इलामको रोङ गाउँपालिका वडा नं. ३ को गाउँपालिकाको कार्यालय वाट ४ वटा विद्यालयका ४५ जना विद्यार्थीहरुलाई विद्यालय पोषाक वितरण गरेको संस्थाले कार्तिककै ३० गते झापाको शिवसताक्षी नगरपालिका वडा नं. ११ को मैनाचरी आधारभुत विद्यालयमा अध्ययनरत ३० जना विद्यार्थिलाई विद्यालय पोषाक वितरण गरेको छ । पौषको २४ गते रोङ गाउँपालिकाकै वडा नं. ५ को इरौँटार आधारभुत विद्यालय, माल्वासे आधारभुत विद्यालय, चिसापानी आधारभुत विद्यालय र नारायण आधारभुत विद्यालय गरि ४ वटा विद्यालयका अति विपन्न वालवालिकाहरुलाई समेत स्विटर र टोपी वितरण गरेको थियो । सो संस्थाले पौष २५ गते झापाको शिवसताक्षी नगरपालिका वडा नं. ६ मा समेत संस्थाले त्यसरीने विपन्न वालवालिका र विपन्न जेष्ट नागरिकलाई न्यानो कपडा वितरण गरेको छ । कार्यक्रममा कुल एक लाख रकम खर्च भएको संस्थाकी संस्थापक अध्यक्ष इन्दिरा गौतमले जानकारी दिनु भयो ।
झापाको शिवसताक्षी नगरपालिका वडा नं. ६ मा सञ्चालन गरिएको न्यानो कपडा वितरण गरेको कार्यक्रम संस्थाका झापा शाखाका अध्यक्ष भद्रदुमि राईले सञ्चालन गर्नु भएको थियो भने कार्यक्रमा स्वागत मन्तब्य केन्द्रिय सचिव धनमाया पौडेलले राख्नु भएको थिायो ।संस्थाका केन्द्रिय महासचिव बुद्धि वन्जाडेले अध्यक्षता गरेको कार्यक्रमा वडा नं. ६ का अध्यक्ष मनोज खुलाल (कार्की)को प्रमुख आतिथ्यता रहेको थिायो । कार्यक्रममा वडा सचिव विमल वाँस्कोटा, वडा सदस्यहरु वद्रिनाथ खनाल, लक्ष्मि प्रसाद गुरागाई, इलाका प्रहरी कार्यालय शिवगन्जका प्रमुख कमल भट्टराई, ससस्त्र प्रहरीका इनिस्पेक्टर नरवहादुर वस्नेत, स्थानिय जेष्ठनागरिक दुर्गा प्रसाद गुरागाई लगायतको उपस्थिति रहेको थियो ।

सम्बन्धित खबर