बिहिवार, कार्तिक १, २०८१
Sancharmanch

आज मगर समुदायको महान् पर्व माघे संक्रान्ति

बिहिवार, पौष २९, २०७८

पौष २९ मगर समुदायको महान् पर्व माघे संक्रान्तिको अवसर पारेर बुटवलमा ‘माघे सकराती विशेष कार्यक्रम २०७८’ को शुभारम्भ भएको छ । नेपाल मगर महिला संघ, रुपन्देही जिल्ला समितिको आयोजना र मगर्स किचनको सहकार्यमा मगर समुदायमा प्रचलित विभिन्न परिकारहरु सहित विविध कार्यक्रमका साथ ३ दिन सम्म उक्त कार्यक्रम मनाउन लागेको हो । कार्यक्रममा मगर समुदायमा प्रचलित मौलिक खानाहरु तरुल, सखरखण्डा, सेलरोटी, बारा र वाक्श्या (बंगुरको मासु)को परिकारहरु उपलब्ध हुने आयोजकले जनाएको छ । त्यस्तै माघे सकराती मगर समुदायको सास्कृतिक पर्व समेत भएकाले मगर समुदायमा प्रचलित नृत्य तथा घाटु, सालैजो र कौराहा गीतहरु प्रस्तुत गरिने आयोजकले जनाएको छ । बुटवलमा बिहिवार आयोजित कार्यक्रमको उद्धघाटन गर्दै लुम्बिनी प्रदेशका उर्जा, जलश्रोत तथा सिचाइ मन्त्री वीर बहादुर राना मगरले माघे संक्रान्ति पर्वले मगर समुदायलाई एकताबद्ध बनाउने बताउनुभयो । उहाँले मगर समुदायका पर्व,भाषालाई संरक्षण गर्नु पर्ने बताउदै मुलुकमा मगर समुदायलाई स्थापित गराउन शैक्षिक जागरण गर्नुपर्नेमा जोड दिनुभयो । त्यस्तै ३ दिन सम्म चल्ने कार्यक्रममा बुद्धिजीवि, डाक्टर, वकिल, शिक्षक, पत्रकार, व्यापारी तथा अन्य पेशासँग सम्बद्ध व्यक्तिहरुसँग मगरहरुको भाषा, संस्कृति तथा चाडपर्वको विषयमा अन्तरक्रिया समेत गरिने आयोजकले जनाएको छ ।

सम्बन्धित खबर