बिहिवार, मंसिर ६, २०८१
Sancharmanch

पीएम कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगिता अन्तर्गत लुम्बिनी प्रदेशले पहिलो जित

बिहिवार, पौष २९, २०७८

पीएम कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगिता अन्तर्गत लुम्बिनी प्रदेशले पहिलो जित दर्ता गरेको छ । समूह ‘बी’ अन्तर्गत टियु क्रिकेट मैदानमा प्रदेश नं. २ लाई ४२ रनले पराजित गर्दै लुम्बिनीले पहिलो जित दर्ता गरेको हो । खेलमा १ सय ६२ रनको लक्ष्य पछ्याएको प्रदेश २ ले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय १९ रनमात्र जोड्न सक्यो । यस अघि टस जितेर पहिले ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ६१ रन जोडेको थियो । त्यस्तै बिहीबार नै सुदुरपश्चिम प्रदेशले पहिलो जित दर्ता गरेको छ । समूह ‘ए’ अन्तर्गत टियु क्रिकेट मैदानमा कर्णाली प्रदेशलाई ४७ रनले पराजित गर्दै सुदुरपश्चिमले जित निकालेको हो । खेलमा सुदुरपश्चिमले दिएको १ सय ५४ रनको चुनौती पछ्याउने क्रममा कर्णाली १९ दशमलब १ ओभरमा अलआउट हुदै मात्र १ सय ६ रन जोड्न सक्यो । यस अघि टस हारेर पहिले ब्याटिङ गरेको सुदुरपश्चिमले निर्धारित २० ओभरमा ८ विकेट गुमाउदै १ सय ५३ रन जोड्यो । त्यस्तै बिहीबार नै भएको अर्को खेलमा एपीएफ क्लबले लगातार तेस्रो जित दर्ता गर्न सफल भयो । समूह ‘बी’ अन्तर्गत मुलपानी क्रिकेट मैदानमा गण्डकीलाई दुई रनले पराजित गर्दै एपीएफले तेस्रो जित दर्ता गरेको हो । ९३ रनको लक्ष्य पछ्याएको गण्डकीले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर मात्र ९० रन बनाउन सक्यो । यस अघि टस जितेर पहिले ब्याटिङ गरेको एपीएफले १८ दशमलब ४ ओभरमा अलआउट हुदै ९२ रन जोड्यो । यसैबीच मुलपानी क्रिकेट मैदानमा हुने भनिएको त्रिभुवन आर्मी क्लब र प्रदेश नं. १ बीचको खेल मैदान भिजेका कारण हुन सकेन ।

सम्बन्धित खबर