बिहिवार, कार्तिक १, २०८१
Sancharmanch

लालीगुराँस नगरपालिकाकी उपमेयरको किवि मोह

बिहिवार, पौष २९, २०७८

तेह्रथुम, तेह्रथुम लालीगुराँस नगरपालिकाकी उपमेयर तिला पोख्रेल जनताको कामसँगै किवी खेति गर्दै आउनु भएको छ । पोख्रेलले परिवारको सहयोगमा ७ वर्षअघि किबी खेती सुरु गर्नुभएको हो ।


सुरुवाती दिनमा आम्दानी लिन सकिन्छ कि सकिन्न भन्ने भर नै थिएन तर, कसरी उत्पादन गर्ने भन्ने मात्रै चिन्ता थियो। पोख्रेलले इलामबाट दुई सय किबीको विरुवा ल्याएर खेती सुरु गर्नुभएको हो । हाल किबी बिक्रीबाट मात्रै वार्षिक ३ लाख बढी आम्दानी हुँदै आएको छ। घरनजिकै बगानमा उहाँ बिहान बेलुका र फुर्सदको समयमा किबी हेरचाहमै समय बिताउने गर्नुभएको छ । पोख्रेलका श्रीमान देवि पोख्रेल किबी खेतीकै कारण जिल्लाकै उत्कृष्ट किसानको रुपमा परिचित भइसक्नु भएको छ । उहाँले देबी किबी फर्म दर्ता गरी व्यावसायिक रुपमा उत्पादन गर्दै आउनु भएको छ। वार्षिक दुई हजार केजी किबी उत्पादन हुँदै आएको छ । कृषि ज्ञानकेन्द्र धनकुटामा कार्यक्रम प्रस्तावना लगाए पनि कुनै पनि सहयोग नपाएको उहाँहरुको गुनासो छ । अन्नबाली लगाउँदा बढीमा आठ÷दश हजारको उत्पादन हुने गरको ठाउँमा किबी खेतीबाट वार्षिक ३ लाखभन्दा बढी आम्दानी हुँदै आएको देवी पोख्रेलले बताउनु भयो । पोखरेलले दम्पतीले सुरु गरेको किबी खेतीका कारण गाउँका धेरैजसो किसानले किबी खेती गर्न थालेका छन । यहाँ उत्पादन भएको किबी प्रतिकिलो एक सयदेखि तीन सय रुपैयाँका दरले पूर्वका विभिन्न जिल्लादेखि राजधानीसम्म विक्री हुँदै आएको छ ।

सम्बन्धित खबर