बिहिवार, कार्तिक १, २०८१
Sancharmanch

चतरा स्वास्थ्य केन्द्र दशैकै नमुना पिएससि बन्दै

बिहिवार, पौष २९, २०७८

सरकारी स्वास्थ्य संस्थाको नाम लिन साथ नाक खुम्चाउने मान्छेको सङख्यामा कुनै कमि छैन् । अझ स्वास्थ्य इकाई, चौकी, स्वास्थ्य केन्द्रमा त सिटामोल र जीवनजल पनि पाइदैन भनेर हामी भनि हाल्छौं । तर सुनसरी जिल्लाको वराहक्षेत्र नगरपालिका वडा नं २ मा रहेको प्रथामिक स्वास्थ्य केन्द्र चतराको सेवा र संरचना हेर्दा कुनै सुबिधा सम्पन्न व्यवसायी अस्पताल भन्दा कम छैन् ।

चतरा प्रथामिक स्वस्थ्य केन्द्र बिरामिहरुलाई सेवासंगै अध्ययन र अवलोकनको लागि पनि उपयुक्त स्थलको रुपमा बिकास भईरहेको छ । सेबाग्राहि सेबा लिएर प्रशंसा गर्छन् भन्ने सरकार र माथिल्ला निकाय चिकित्सक र संञ्चालक समितिको कामको मुक्त कण्डले प्रशंसा गर्दछन् ।

केन्द्रमा रहेको अभिलेख अनुसार २०२९ असार १ गते इलाका स्वास्थ्य चौकीको रुपमा हालको स्वास्थ्य केन्द्र स्थापना भएको थियो । हाल १५ सैयाको अस्पतालको रुपमा बिकास हुने क्रममा छ । वर्षको ३६५ दिनै “ बिहान ७ बजे देखि बेलुकी ८ बजे सम्म चिकित्सक द्वारा निसुल्क ओ पी डी सेवा” र “चिकित्सक द्वारा आकस्मिक सेवा” लगाएतका बहिरङ्ग सेवा दिदै आइ रहेको छ । यस्तो सेवा उपलब्ध गराउने स्वास्थ्य केन्द्र चतरा मात्र हो ।

२४ सै घण्टा इमरजेन्सी , फार्मेसी,भिडियो एक्सरे, प्रस्तुति सेवा सहित सुरक्षित गर्भ पतन , आखा , कान लगाएको सेबा केन्द्रले दिदै आएको छ । भन्ने बिपि कोइराला स्वास्थ बिज्ञान प्रतिषठान धरानसंगको सहकार्यमा दन्त सेवा समेत संचालनमा ल्याउने तयारी गरिरहेको छ । वडा नं २ बाट बिनियोजित ५ लाखबाट दन्त औजार उपकरण खरिद गरिसकेको छ । माघ को पहिलो हप्तादेखि दन्त सेवा सुरु गर्ने तयारी अन्तिम चरणमा पुगेको छ ।

१५ सैँयाको अस्पताल ,१ र २ वडालाइ पुर्ण विमा युक्त बनाउने स्वास्थ्य केन्द्रको लक्ष्य यसरी पुरा हुँदैछ ।

प्राथमिक स्वास्थ्य केन्द लाई १५ शैय्याको अस्पतालको रुपमा विस्तार गर्ने प्रकृया अगाडि बढेको छ । भवनको शिल्यानास भइसकेको छ । नेपाल सरकारको कार्यक्रम अनुसार गत मसिर १५ गते नै भवनको सुनसरी ( मोरङ्ग सिचाईको जमिनमा सिल्यनास भइसकेको छ । पहिलो चरणकोलागि नगरपालिकाले टेन्डर पनि लगाएर काम समेत भईरहेको कार्यलय प्रमुख स्त्री तथा प्रस्सुती रोग बिशेषज्ञ डाक्टर अन्जु थापाले बताउनु भयो । उहाँका अनुसार हाल संञ्चालन भइरहेको स्वास्थ्य केन्द्रको भवनमा पनि जिर्णद्बार र स्तरबृद्बि भईरहेको छ । सञ्चालन समिति मार्फत थप सेबा सञ्चालन गर्ने उदेश्य राखेर काम भईरहेको छ । तर बजेटको भन्ने अभाब छ ।

वराहक्षेत्र १ र २ वडालाइ पुर्ण स्वास्थ्य बिमा युक्त क्षेत्र बनाउने योजनाका साथ काम सुरु भएको छ । वराहक्षेत्र वडा नं २ को कार्यलयसंग समन्वय गरेर देशकै पहिलो स्वास्थ्य बिमा युक्त वडा घोषणाको अन्तिम तयारीमा रहेको प्रथामिक स्वास्थ्य केन्द्र चतराको रहेको छ ।
सुनसरीको वराहक्षेत्र नगरपालिका वडा नं २ पुर्ण स्वास्थ्य बिमा युक्त वडा घोषणाको अन्तिम चरणमा पुगेको छ । ६ हजार ४ सय ९६ जनसंख्या रहेको वडामा हाल सम्म ६ हजार १ सय ६८ जनाले स्वास्थ्य बिमा गरेका छन् । ९४ दशमलव ८९ प्रतिशतले बिमा गरेको तथ्यांक रहेको वडामा १ हजार ७ सय २७ परिवारसँग बिमाको काड छ । सत् प्रतिशत बिमा गराउने योजना अनुसार प्रथामिक केन्द्रका कर्मचारी र बिमा अभिकर्ताहरु घरदैलौ कार्यक्रम गरेरै स्वास्थ्य बिमाको महत्त्व वुझाउन बिमा नगराउने परिवारको तथ्याङ्क लिने काम भइरहेको छ। कम्तिम तीन पटक घर ( घरमा पुगेर स्वास्थ्य बिमा नबिकरण, नया स्वास्थ्य बिमा काड बनाउन आग्रह , जेष्ठ नागरिक र रातो काड हुने फरक क्षमता अर्थात अपाङ्गता भएका नागरिकले निशुल्क पाउने स्वास्थ्य बिमाको जानकारी सहित बिपन्ताका कारण स्वास्थ्य बिमा गराउन समस्या भएको परिवारको तथ्यांक खोजि समेत गरिरहेको छ ।

स्वास्थ्य केन्द्रमा दैनिक करिव २ सय भन्दा बढि सेवाग्राही आउने गरेका छन् । प्राय मौसमी रोगका विरामिहरु सेवा लिन आउने गर्छन् । ज्वरो, रुघा खोकि, तथा छाला रोगिका विरामिहरु आउने गर्छन् ।घाउ, खटिर तथा फोहोर मैलावाट उत्पादन हुने विरामिको संङख्या पनि वढ्दो छ । महिलामा हुने समस्या पनि लिएर सेवाग्राही आउनु हुन्छ । लकडाउन भए यता गर्भपतन गर्ने महिलाको संङख्यामा बुद्धि भएको छ । लकडाउन हुनु अगाडि एक महिनामा अौषदमा १० जना महिलाले सुरक्षित रुपमा गर्भ पतन गराउथे भन्ने अहिले १ महिनामा बढेर ३० जना पुग्ने गरेको तथ्यांक छ ।

भौलौलिक रुपमा ठुलो वराहक्षेत्र नगरपालि भित्र वडा २ अन्य वडा भन्दा सुगम छ । शिक्षा, स्वास्थ्य , कृषि,सरसफाइ लाई प्रथामिकता दिएर काम गर्ने र योजना बनाउने गरेको वडा अध्यक्ष हरिकृष्ण भट्टराई बताउनुहुन्छ । शिक्षा र स्वास्थ्यलाई प्राथमिकता दिएको बताउँदै वडाध्यक्ष भट्टराई ूवडामा स्थित प्राथमिक स्वास्थ्य केन्द्रमा ‘वडाबासीले ओपिडी समेत निःशुल्क उपभोग गर्दै आएका छन् । यो स्वास्थ्य सेवा महत्वपूर्ण उपलव्धि हो ।’ उहाँ प्रथामिक स्वास्थ्य केन्द्रको संञ्चालक समितिका अध्यक्ष पनि हुनुहुन्छ।

भट्टराइले नेतृत्वमा स्वास्थ्य केन्द्रको स्तरोन्नति गरे बर्षको ३६ ५ दिन खुला रहने आकस्मिक कक्ष, वार्ड, एक्सरे, ल्याव र निःशुल्क ओपिडी सेवा सहितको अस्पताल सेवा सञ्चालनमा भईरहेको छ। अध्यक्षभट्टराईले भन्नुभयो, ‘चतरा प्राथमिक स्वास्थ्य केन्द्रले तीन वर्षमा यति धेरै सर्वसाधारण र बिरामीको विश्वास जित्नका लागि डा। अनिल गिरी जस्ता डाक्टरको प्रयासले देश भरकै नमुना स्वास्थ्य केन्द्रको रुपमा बिकाश भइरहेको छ ।’

सम्बन्धित खबर