बिहिवार, कार्तिक १, २०८१
Sancharmanch

सुनचाँदी व्यवसायमा देखिएका समस्या समाधान गर्न यससम्बन्धी निर्देशिका र कार्यबिधि परिमार्जन हुने

बुधवार, पौष २८, २०७८

गृहमन्त्री बालकृष्ण खाँणले सुनचाँदी व्यवसायमा देखिएका समस्या समाधान गर्न यससम्बन्धी निर्देशिका र कार्यबिधि परिमार्जन गर्ने बताउनुभएको छ । बुधबार गृह मन्त्रालयमा सुनचाँदी व्यवसायीसँगको छलफलमा मन्त्री खाँणले सुनचाँदी आयात र निर्यात, व्यवसायीको सुरक्षा र ओसारपसारमा देखिएको समस्या समाधान गर्न आफु प्रतिवद्ध रहेको भन्दै आवश्यता अनुसार निर्देशिका र कार्यबिधि परिमार्जन गर्न सम्बन्धीत मन्त्रालयसंग छलफल गर्ने बताउनुभएको हो ।
उहाले सुनचाँदी नेपालको पुरानो व्यवसाय पनि भएको भन्दै यसलाई व्यवस्थीत गर्दै लैजाने धारणा राख्नुभयो । मन्त्री खाँणले नेपालमा निर्माण हुने गरगहनालाई बिदेशमा आकर्षित गर्न सके सुनचादी खरिद गर्दा बाहिरिएको धनराशी स्वदेशमा नै फर्कन सक्ने तर्क गर्नुभयो । उहाले नेपालको व्यवसायलाई सुरक्षा गर्ने दायित्व राज्यको भएको बताउनुभयो ।
कार्यक्रममा नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अध्यक्ष मानिकरत्न शाक्यले नेपालमा दैनिक २० केजी मात्रै सुन आयात हुने तर माग ३० केजीभन्दा बढी हुने भएका कारण माग पूर्ति गर्न समस्या भएको गुनासो गर्नुभएको थियो । त्यस्तै सुनचाँदी रत्न तथा आभूषण महासङ्घका अध्यक्ष सुरेशमान श्रेष्ठले विदेशमा नेपालको गरगहनाको माग भएपनि प्रयाप्त सुन नभएका कारण माग पुरा गर्न नसकिएको जिकिर गर्नुभयो ।

सम्बन्धित खबर