बिहिवार, कार्तिक १, २०८१
Sancharmanch

नेकपा एस निकट नेपाल निजामती कर्मचारी संगठनका पदाधिकारीलाई संगठनको कार्यालय बबरमहलमा प्रवेश गर्न प्रहरीको अवरोध

बुधवार, पौष २८, २०७८

पौष २८, नेपाल निजामती कर्मचारी संगठनका पदाधिकारीलाई प्रहरीले संगठनको कार्यालय बबरमहलमा प्रवेश गर्न रोक लगाएको छ ।

नेकपा एस निकट नेपाल निजामति कर्मचारी संगठनका अध्यक्षसहितका पदाधिकारी र सदस्यहरु एमाले निकट संगठनमै फर्किएपछि बुधबार साँझ बबरमहलस्थीत कार्यालयमा पुगेका थिए । तर कार्यालय प्रवेशमा प्रहरीले रोक लगाएपछि उनीहरु आक्रोशित भएका छन् । यसअघि पार्टी फुटपछि बबरमहलस्थित संगठनको कार्यालय रहेको भवनलाई दुवै पक्षले आफ्नो भएको दाबी गरेपछि प्रहरीले ताला लगाएको थियो । तर बुधबार कर्मचारी संगठन पुनः एक भएको भन्दै उनीहरु संगठन रहेको भवनमा पुगेका थिए । संगठनका अध्यक्ष केदार प्रसाद देवकोटाले आफुहरु एक भएको जानकारी प्रशासन कार्यालय र श्रम कार्यालयमा जानकारी गराएपछि कार्यालय आएको र कार्यालय प्रवेश गर्ने बितिकै आफुलाई माथिको आदेश भन्दै निकालिएको जानकारी दिनुभयो ।

त्यस्तै यसअघि नेकपा एस निकट संगठन अध्यक्ष समेत रहेका रेवन्त गौतमले आफुहरुबीचको विवाद अन्त्य भएको र दुवैपक्षबीच सहमति भएपनि कार्यालय आएका बताउनुभयो । उहाले गृह मन्त्रालयको निर्देशनबाट आफुहरुलाई भवन भित्र छिर्न नदिएको र धरपकट गरिएको आरोप लगाउनुभयो । उहाले संगठनमा अव कुनै विवाद नरहेको जिकिर गर्नुभयो । विभाजित भएको संगठनका अध्यक्ष गौतमसहित वरिष्ठ उपाध्यक्ष मोहन गिरी र उपमहासचिव रामचन्द्र अधिकारी, सचिव ओम कठायतलगायत अधिकांश पदाधिकारीसहित नेपाल निजामति कर्मचारी संगठनमा फर्किएका थिए । संगठनले माघ १४ र १५ मा हुने महाधिवेशनको मिति समय तय गरिसकेको छ ।

सम्बन्धित खबर