बिहिवार, कार्तिक १, २०८१
Sancharmanch

बालाजुको महन्त वन क्षेत्रमा वनाइएका टहरा भत्काइयो

बुधवार, पौष २८, २०७८

पौष २८, काठमाडौंको बालाजुस्थित गुरु नानक मठ (महन्त वन) क्षेत्रमा निर्माण गरिएको टहरा भत्काइएको छ ।

पुरात्वात्विक हिसावले महत्वको महन्त वन क्षेत्रमा अनाधिकृत रुपमा घर टहरा निर्माण गर्न लागिएको भन्दै स्थानीयले बिरोध गरेपछि काठमाडौं महानगरपालीकाले बुधबार भत्काएको हो । यसअघि गुठी संस्थानको केहि व्यक्तिको स्वार्थमा वन क्षेत्रमा संरचना वनाउन दिएको भन्दै काठमाडौं वडा नंवर १६ का स्थानीयले विरोध जनाएका थिए ।

गुरु नानक सत्सङ समितिका उपाध्यक्ष रवि सिंहले सो क्षेत्रमा अनाधिकृत रुपमा टहरा बनाएपछि स्थानीयले बिरोध गरेको र सो पश्चात महानगरले भत्काएको जानकारी दिनुभयो । करिब ३५ रोपनीको क्षेत्रफलमा रहेको उक्त स्थान यसअघि पनि अतिक्रमण हुदै आएको स्थानीयहरुले जनाएका छन् । यता टहर निर्माण गर्नेहरुले भने आफुले नियम र प्रक्रिया अन्तर्गत नै बनाइएका टहरा भत्काइएको भन्दै बिरोध जनाएका छन् ।

सम्बन्धित खबर