बिहिवार, कार्तिक १, २०८१
Sancharmanch

जहदा गाउँपालिकामा घरदैलो बाली उपचार शिवीर संचालन

बुधवार, पौष २८, २०७८

पौष २८, मोरङ तरकारी तथा अन्नबालीमा लाग्ने रोग न्युनिकरण गर्न मोरङमा घरदैलो बाली उपचार शिवीर संचालन गरिएको छ । किराफट्यांग्रा तथा रोगका कारण बालीमा हुने क्षति न्यूनिकरणगर्न स्थलगत शिवीर संचालन गरिएको हो ।
किराफट्यांग्रा तथा रोगहरुका कारण किसानहरुले झेल्दै आएका समस्या न्युनिकरणगरि उब्जनीबृद्धिगर्न मोरङको जहदा गाउँपालिकामा घरदैलो बाली परीक्षण शिवीर आयोजना गरिएको हो । प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना परियोजना, कार्यान्वय इकाई मोरङले वाली शिविर संचालन गरेको हो । तरकारी वालीमा लाग्ने रोग किराको पहिचान तथा त्यस्को रोकथाम गर्न सहजहोस भन्ने उदेश्यले परियोजनाले किसानको घरदैलामो पुगेर शिविर संचालन गरेको हो । परियोजना कार्यान्वय इकाई तरकारी जोनको आयोजना र वाली प्रयोगशाला प्रदेश न १ तथा कृषि ज्ञानकेन्द्रको सहयोगमा शिविर संचालन गरिएको थियो । शिविरवाट जहदा तथा कटहरी गाउपालिकाका ४० जना भन्दा वढी किसानले सेवा लिएको परियोजनाका मोरङ प्रमुख विनोदकुमार मण्डलले वताउनुभयो । जहदा गाउँपालिकाको ३ र ४ तथा कटहरी गाउपालिकाको २, ३, ४ र ६ नम्वरवडामा चालु आर्थिकवर्षदेखी परियोजनाले तरकारी जोन कार्यक्रम संचालनमा ल्याएको छ । साढे ५ सय हेक्टर क्षेत्रफलमा विस्तार भएको जोन कार्यक्रमलाई लक्षितगर्दै शिविर संचालन गरिएको थियो । शिवीरमा आएका किसानलाई आवश्यक विषादी समेत निशुल्क वितरण गरिएको थियो । किसानहरुले तरकारी वालीमा कुन प्रकारको रोग लागेको छ भन्ने जानकारी लिन तरकारीका विरुवा ल्याएर शिविरमा जाँच गराएका थिए । तरकारी वालीको विरुवा वोकेर विराटनगर सम्म पुग्न नस्कने किसानलाई घरदैलोमा आएको शिविरवाट रोग किराको जानकारी पाउदा उनिहरु हर्षित भएका छन । वालीमा प्रयोगगर्ने विषादीको ज्ञान नहुँदा वालीमा लाग्ने रोगका कारण किसानले बर्षेनी भारी नोक्सानी व्योर्हदै आएका छन । वाली संरक्षण प्रयोगशालाका निमित्त प्रमुख घनश्याम वरालले शिविरमा जाँच गर्दा काउली वन्दा कोबीहरुमा पुतली लाग्ने तथा अन्य तरकारी वालीमा ढुसी, डढुवा तथा जरा कुहिने रोग तथा गोलभेडामा भाइरसलाग्ने समस्या वढी मात्रा देखिएको वताउनुभयो ।
सरकारी निकायबाट घरदैलोमै बाली उपचार सेवा पाएपछि किसानहरु हर्षित भएका छन । उनिहरुले यसप्रकारका कार्यक्रमहरुलाई निरन्तरता दिनुपर्ने माग समेत गरेका छन ।

सम्बन्धित खबर