बिहिवार, कार्तिक १, २०८१
Sancharmanch

फास्ट ट्र्याक आयोजना सम्पन्न गर्ने वातावरण बनाउन सरकारलाई निर्देशन

बुधवार, पौष २८, २०७८

राष्ट्रिय सभाको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिले तोकिएको समयभित्रै निजगढ फास्ट ट्र्याक आयोजना सम्पन्न गर्ने वातावरण बनाउन सरकारलाई निर्देशन दिएको छ । सिंहदरबारमा बुधबार बसेको समिति बैठकले रक्षा , वन, भौतिक, आपूर्ति मन्त्रालयललाई आफ्नो क्षेत्रभित्र पर्ने दायित्व यथासिघ्र पुरा गर्दै आर्थिक बर्ष २०८०÷८१ भित्र नै आयोजना सम्पन्न गर्ने वातावरण बनाउन निर्देशन दिएको हो । बैठकमा निजगढ फास्ट ट्र्याक आयोजना प्रमुख सहायक रथी विकास पोखरेलले प्रणाली र प्रक्रियाका कारण आयोजना निर्माणमा ढिलाई भएको बताउनुभयो । रुख कटानसम्बन्धी समस्यालाई समाधान गर्ने आयोजना निर्माणले तीव्रता पाउने उहाको भनाइ छ । बैठकमा सम्बन्धीत मन्त्रालयका सचिवहरुले फास्ट ट्र्याकलाई समयमा नै सम्पन्न गर्न भूमिका खेल्ने बताएका थिए । समिति सदस्यहरुले जग्गा र रुख कटानमा देखिएका समस्यालाई समाधान गर्दै आयोजना पुरा गर्ने वातावरण बनाउनुपर्ने धारणा राखेका थिए । आयोजना आर्थिक वर्ष २०८०÷८१ मा सम्पन्न गरिसक्ने लक्ष्य राखिएको छ ।

सम्बन्धित खबर