बिहिवार, कार्तिक १, २०८१
Sancharmanch

असन्तुष्ट पक्षलाई समेत समावेश गरेर पार्टीलाई विवादरहित बनाउने राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको भनाई

बुधवार, पौष २८, २०७८

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले कुनैपनि बिभेद नगरेको स्पष्ट पार्नुभएको छ । बुधबार पार्टी कार्यालय धुम्वाराहीमा मनोनीत केन्द्रीय सदस्यहरुको सपथ गराउदै अध्यक्ष लिङ्देनले आवश्यकताका अनुसार आफुले पार्टीका नेताहरुलाई केन्द्रीय समितिमा ल्याएको बताउनुभएको हो । मनोयनका बिषयमा केहि भ्रम आएको भन्दै उहाले आफुले बिधान अनुरुप समावेशीतालाई पूर्णता दिने बताउनुभयो । उहाले असन्तुष्ट पक्षलाई समेत समावेश गरेर पार्टीलाई विवादरहित बनाउने जिकिर गर्नुभयो । त्यस्तै लिङ्देनले राजसंस्था, हिन्दुराष्ट्रको मुद्धा संगसंगै मुलुकको अन्य मुद्धालाई स्थापीत गर्न सदन र सडकमार्फत संघर्ष गर्ने बताउनुभयो । उहाले जनतालाई विश्वास लिएर राजसंस्था, हिन्दुराष्ट्रको मुद्धालाई अघि बढाइने जिकिर गर्नुभयो ।

सम्बन्धित खबर