बिहिवार, कार्तिक १, २०८१
Sancharmanch

संयुक्त विद्यार्थी संगठनले शुल्कबृद्धिको बिरोधमा बिद्यार्थीहरुको आन्दोलनप्रति ऐक्यवद्धता

बुधवार, पौष २८, २०७८

संयुक्त विद्यार्थी संगठनले शुल्कबृद्धिको बिरोधमा काठमाडौं मेडिकल कलेजका बिद्यार्थीहरुको आन्दोलनप्रति ऐक्यवद्धता जनाएको छ । बुधबार काठमाडौं मेडिकल कलेज (केएमसी) सिनामंगल पुगेर बिद्यार्थी संगठनहरुले प्रदर्शन समेत गरेका छन् ।

केएमसीमा एमबीबीएस अध्ययन गरिरहेका विद्यार्थीहरू कलेजले बढी शुल्क लिएको विरोधमा रिले अनसनमा छन् । नेकपा एकीकृत समाजवादी निकट बिद्यार्थी संगठन अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुुलीले शुल्कका बिषयमा एमबीबीएस विद्यार्थीको आन्दोलनप्रति समर्थन रहेको भन्दै जायज मागलाई तत्काल पुरा गर्नुपर्ने बताउनुभयो ।

शैक्षिक माफियाकरण मेडिकल शिक्षामा भइरहेको भन्दै बिद्यार्थी संगठन सदैव यसको बिरोधमा रहेको उहाको भनाई छ । यसअघि बिभिन्न ७ विद्यार्थी संगठनले विभिन्न मेडिकल कलेजका विद्यार्थीको आन्दोलनप्रति समर्थन गर्दै माग पूरा गर्न दबाब दिने निर्णय गरेको थियो ।

सम्बन्धित खबर