बिहिवार, कार्तिक १, २०८१
Sancharmanch

लागुऔषध ट्याब्लेट सहित १ जना पक्राउ

बुधवार, पौष २८, २०७८

सुनसरी, २०७८ पौष २८ सुनसरीको ईटहरी उप–महानगरपालिकाको बसपार्क एरियाबाट नियन्त्रीत लागुऔषध ट्याब्लेट सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ । उक्त स्थानबाट लागुऔषध ट्याब्लेटको ओसार पसार भईरहेको भन्ने बिशेष सूचनाका आधाररमा १ नम्बर प्रदेशको प्रादेशिक अनुसन्धान समुह च्क्ष्त् बाट खटिएको प्रहरी टोलीले सिराहाको लाहान नगरपालिका(१ का ४८ बर्षिय डोमा मण्डललाई पक्राउ गरेको हो । मण्डलको साथबाट प्रहरीले कोरेक्स ५० बोतल तथा नाईट्रोसन ६०० ट्याब्लेट बरामद गरेको छ । लागुऔषध सहित पक्राउ परेका मण्डलको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

सम्बन्धित खबर