बिहिवार, कार्तिक १, २०८१
Sancharmanch

३०० औं पृथ्वी जयन्ती तथा एकता दिवस रुपन्देहीमा पनि विविध कार्यक्रम गरी मनाइयो

मङ्गलवार, पौष २७, २०७८

३०० औं पृथ्वी जयन्ती तथा एकता दिवस रुपन्देहीमा पनि विविध कार्यक्रम गरी मनाइएको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी बुटवल उपमहानगर कमिटिले बुटवलमा बाजागाजा सहित ¥याली निकालेर पृथ्वी जयन्ती मनाएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी बुटवल उपमहानगर कमिटिका अध्यक्ष निरज प्रताप खाँणको अध्यक्षतामा बुटवलमा बाजागाजा सहित ¥याली निकालेको हो । बाजागाजा सहित गोलपार्कबाट सुरु भएको ¥याली ट्राफिक चोक,अमरपथ,हस्पिटल लाइन,हाटबजार पुलचोक हुदैँ गोलपार्कमा गएर सकिएको थियो । त्यस्तै पृथ्वी जयन्ती तथा एकता दिवसको अवसर पारेर बुटवल,देवदह,भैरहवा,शुद्धोधनमा समेत कार्यक्रम गरेको छ ।

सम्बन्धित खबर