बिहिवार, कार्तिक १, २०८१
Sancharmanch

राष्ट्र निर्माता बडामहाजधिराज पृथ्वीनारायण शाहको ३ सयौं जन्मजयन्ती

मङ्गलवार, पौष २७, २०७८

राष्ट्र निर्माता बडामहाजधिराज पृथ्वीनारायण शाहको ३ सयौं जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस देशभर धुमधामसंग मनाइएको छ ।


दिवसका अवसरमा नेपाल प्रज्ञा प्रतिष्ठानले तीन दिनदेखि पृथ्वी जयन्तीका प्रभातफेरि निकालेको छ । त्यस्तै सिंहदरबार पश्चिम मूलगेट अगाडी रहेको राष्ट्र निर्माताको शालीकमा पुष्पहार अर्पण गरी नेपालको एकीकरणमा उहाको योगनको स्मरण गरिएको छ ।

सो क्रममा त्यस्तै सिंहदरबार पश्चिम मूलगेट अगाडी रहेको शालिकमा माल्यार्पण गर्न सर्वसाधारण लगाएतको ठूलो भिड नै लागेको थियो । सो क्रममा उनीहरुले अहिले पनि मुलुकमा राष्ट्रिय एकता दिवसको महत्व निकै रहेको बताएका छन् ।

विसं १७७९ पुस २७ गते गोर्खामा जन्मिएका पृथ्वीनारायण शाहले स–साना राज्यलाई एकीकरण गरी आधुनिक नेपाल निर्माण गर्नुभएको थियो ।

सम्बन्धित खबर