बिहिवार, कार्तिक १, २०८१
Sancharmanch

राजनीतिक दलहरुबाट देशले निकास नपाउने मोहन वैद्य

मङ्गलवार, पौष २७, २०७८

नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्य ’किरण’ले अहिलेका राजनीतिक दलहरुबाट देशले निकास नपाउने बताउनुभएको छ ।


क्रान्तिकारी पत्रकार महासंघले मंगलबार काठमाडौंमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा वैद्याले बिभिन्न दलको महाधिवेशन हेर्दा विचार शुन्य देखिएको भन्दै राजनीतिक दलहरुबाट देशले निकास नपाउने बताउनुभएको हो । उहाले जनवादी राज्यसत्ता स्थापना नभएसम्म जनताको समस्या समाधान नहुने तर्क गर्नुभयो । वैद्यले अहिले क्रान्तिकारी भन्नेहरुको अवस्था पनि कमजोर भएको भन्दै नयाँ राज्यसत्ताका लागि नयाँ जनवादी क्रान्ति गर्दै वैज्ञानिक समाजवादमा जाने र क्रान्तिकारीलाई गोलबन्ध गर्दै रणनीति भएको जानकारी दिनुभयो । त्यस्तै उहाले पार्टी एकता र ध्रुविकरणका लागि लामो समयदेखि पूर्व माओवादीसंग प्रयास भइरहेको भए पनि सिंगो पार्टीबीच पार्टी एकता सम्भव नदेखिएको स्पष्ट पार्नुभयो । उहाले एमसीसी खारेज हुनुपर्ने भन्दै त्यसका लागि एमसीसी बिरोधी शक्तिसँग मिलेर अगाडि बढ्ने धारणा राख्नुभयो । वैद्यले मुलुकमा संघीयता आएपनि जनताका समस्या उस्तै रहेको जिकिर गर्नुभयो । गणतन्त्र हुँदै जनवादी गणतन्त्रमा जाने बाटोमा आफुहरु रहेको उहाको भनाई छ ।

सम्बन्धित खबर