बिहिवार, कार्तिक १, २०८१
Sancharmanch

पीएम कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगिता अन्तर्गत नेपाल एपीएफ क्लबको लगातार दोस्रो जित

मङ्गलवार, पौष २७, २०७८

पीएम कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगिता अन्तर्गत नेपाल एपीएफ क्लबले लगातार दोस्रो जित दर्ता गरेको छ ।
समूह ‘बी’ अन्तर्गत टियु क्रिकेट मैदानमा बागमती प्रदेशलाई ७ विकेटले पराजित गर्दै एपीएफले दोस्रो जित दर्ता गरेको हो । जीतसँगै एपीएफले दुई खेलबाट चार अंक जोड्दै तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । मंगलबार बागमतीले दिएको १ सय २६ रनको लक्ष्य एपीएफले १८ दशलमब ४ ओभरमा मात्र ३ विकेट गुमाएर पुरा गर्यो । यस अघि पहिले ब्याटिङ गर्दै बागमतीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय २५ रनको योगफल तयार पार्न सफल भयो । त्यस्तै समूह ‘ए’ अन्तर्गत टियु क्रिकेट मैदानमा विभागिय टोली त्रिभुवन आर्मी क्लबलाई ४ विकेटले पराजित गर्दै पुलिसले लगातार दोस्रो जित दर्ता गर्यो । खेलमा जितका लागि चाहिएको १ सय ३८ रनको लक्ष्य पुलिसले १८ ओभरमा ६ विकेट गुमाएर पुरा गर्यो । यस अघि टस हारेर पहिले ब्याटिङ गरेको आर्मी निर्धारित ओभरको एक बल बाँकी छदा १ सय ३७ रनमा अलआउट भएको थियो । त्यस्तै समूह ‘ए’ अन्तर्गत मुलपानी क्रिकेट मैदानमा प्रदेश नं १ लाई ३१ रनले पराजित गर्दै कर्णाली प्रदेशले पहिलो जित दर्ता छ । कर्णालीविरुद्ध १ सय २१ रनको लक्ष्य पछ्याएको प्रदेश १ ले १७ दशमलब ५ ओभरमा अलआउट हुदै मात्र ८९ रन जोड्न सक्यो । यस अघि टस हारेर पहिले ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय २० रन जोड्यो । त्यस्तै मंगलबार नै भएको अर्को खेलमा प्रदेश नं २ ले पहिलो जित दर्ता गरेको छ । समूह ‘बी’ अन्तर्गत मुलपानी क्रिकेट मैदानमा गण्डकी प्रदेशलाई २ विकेटले पराजित गर्दै प्रदेश २ ले पहिलो जित हात पारेको हो । १ सय १७ रनको लक्ष्य प्रदेश २ ले १८ दशमलब १ ओभरमा ८ विकेट गुमाएर पुरा गर्यो । यस अघि टस जितेर पहिले ब्याटिङ गर्दै गण्डकीले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय १६ रन जोड्यो ।

सम्बन्धित खबर