बिहिवार, कार्तिक १, २०८१
Sancharmanch

नेपाल प्रहरीका गणेश रानाभाट २४ औं पुरुष तथा ९ औ महिला राष्ट्रिय भारोत्तोलन प्रतियोगितामा राष्ट्रिय किर्तिमान राख्न सफल

मङ्गलवार, पौष २७, २०७८

काठमाण्डौ, पौष २७,सिनियर पुरुष ५५ केजी तौल समूहमा रानाभाटले क्लिन एण्ड जर्कमा १०१ केजी भार बहन गर्दै किर्तिमान कायम गर्नु भएको छ । उहाँले सेनाका तुलाराम महतोले कायम गरेको १०० केजीको किर्तिमानलाई भंग गर्दै किर्तिमानमा आफ्नो नाम लेखाउनु भएको हो । महतोले मंगलबार नै आफ्नो नाममा काठमाण्डौमा आयोजना भएको तेश्रो सुनिललाल जोशी स्मृती भारोत्तोलन प्रतियोगितामा राखेको ९८ केजी तौलको किर्तिमानमा सुधार गर्दै १०० केजीको नयाँ किर्तिमान कायम गर्नुभएको थियो । लगतै महातोको किर्तिमानलाई रानाभाटले १०१ केजीका साथ तोड्दै किर्तिमानमा आफ्नो नाम लेखाउनु भएको हो । भक्तपुरको ठिमिस्थित पार्टि प्यालेसमा भएको प्रतियोगिताको समग्रमा भने उहाँ तेश्रो स्थानमा रहनु भयो । पहिलो स्थानमा सेनाका तुलाारामनै रहनु भएको छ । उहाँले स्न्याचमा ८३ केजी, क्लिनमा १०० गरि समग्रमा १८३ केजी भार बहन गर्नु भएको थियो । यस्तै दोश्रो स्थानमा गणेश रहनु भयोे । उहाँले स्न्याचमा ७२ केजी, क्लिनमा १०१ केजी गरि समग्रमा १७३ केजी भार बहन गर्नुभयो । तेश्रो स्थानमा बर्दियाका रमकुमार थारु रहनु भयोे । उहाँले स्न्याचमा ६५ र क्लिनमा ९० केजी गरि कुलमा १५५ केजी भार बहन गर्नु भएको ।

नेपाल भारोत्तोलन संघको आयोजनामा भएको प्रतियोगिताको सोहि उमेर समूह अन्तरगत युथ तर्फ पर्शाका राजन पटेलले स्न्याचमा ४२, क्लिन एण्ड जर्कमा ६० केजी गरि कुलमा १०२ केजीका साथ स्सवर्ण हात पार्नु भयो । यस तौल समूहमा युथमा प्रतिस्पर्धा गर्ने उहाँ एक्ला खेलाडी भएको जनाइएको छ ।

यस्तै जुनियर तर्फ बाँकेका विनित योगी थारुले स्वर्ण जित्नुभयो । उहाँले स्न्याचमा ७० केजी, क्लिनमा ९० केजीका साथ कुलमा १६० केजी भारका साथ स्वर्ण हात पार्नु भएको हो ।

महिला तर्फ युथ ४५ केजी तर्फ बर्दियाकी अरुणिमा थारुले स्वर्ण र सप्तरीकी अम्बिका यादबले रजत प्राप्त गगर्नु भयो । जुनियर तर्फ ४५ केजीमा एक मात्र खेलाडी सप्तरीकी ज्योती मण्डलले स्नाचमा ३५ केजी, क्लिनमा ४० केजी गरि कुलमा ७५ केजी भार बहन गर्दै स्वर्ण प्राप्त गर्नु भयो । महिला ४५ केजी सिनियर तर्फ नेपाली सेनाकी मनिषा रानाभाटले स्वर्ण जित्नु भयो । महिला ४९ केजी तर्फ प्रहरीका संगिता राईले स्वर्ण र तिला राईले रजत पाउनु भएको छ । संगिताले स्नाचमा ५५ केजी र क्लिनमा ७३ केजी गरि कुल १२८ केजी भार बहन गर्नुभएको थियो । तिलाले स्नाचमा ४३ केजी, क्लिनमा ५२ केजी गरि कुल ९५ केजी भार बहन गर्नु भयो ।

सम्बन्धित खबर