बिहिवार, कार्तिक १, २०८१
Sancharmanch

झापाको कनकाईमा पृथ्वी नारायण शाहको पूर्ण कदको सालिक निर्माणका लागि सिलान्यास

मङ्गलवार, पौष २७, २०७८

कनकाई २८, पुस झापाको कनकाई नगरपालिकामा राष्ट्र निर्माता पृथ्वीनारायण शाहको पूर्ण कदको सालिकनिर्माण हुने भएको छ ।
पृथ्वीजयन्तीएवम् राष्ट्रिय एकतादिवसको अवसर पारेर मंगलबार कनकाई नगरपालिकाका प्रमुख राजेन्द्र पोखरेलले सालिकनिर्माणकालागि निर्माणस्थलमा शिलान्यास गर्नुभएको छ । नेपालका धेरै शहर अनिचोकहरुमा पृथ्वीनारायण शाहको सालिकनिर्माण भइरहेको अवस्थामालामो समयदेखि बन्दनिषेधितनगरका रुपमापहिचानबनाएको कनकाई नगरीमा समेत पृथ्वीनारायण शाहलाई राष्ट्रिय विभुतिका रुपमासम्झँदै एकताका साथ अघि बढ्नुपर्छ भन्ने सन्देश दिने उद्येश्यले सालिकनिर्माण गर्न लागिएको कनकाई नगरपालिकाकाप्रमुख राजेन्द्र पोखरेलले बताउनु भयो ।
बैद्धिक विधिअनुसार वेदकामन्त्रोचारण गर्दै धार्मिक गुरु स्थानीयगुरुप्रसादतिम्सिनाको सहयोगमा कनकाई नगरप्रमुख पोखरेलसहित नगरपालिकाकी उपप्रमुख मन्जु प्रसाईँ, प्रमुख प्रशासकीय अधिकृत मोहन प्रसाद न्यौपाने, वडा अध्यक्षहरु रोशन पोखरेल, नगर प्रवक्ता समेत रहनुभएका गोविन्द पौडेल, कृष्ण राईसहित कार्यपालिका सदस्यहरु, वडा सदस्यहरु विभिन्न राजनीतिक दल साथै संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरु, नगरपालिका काकर्मचारी, जग्गादातासहितको उपस्थितीमा सालिक निर्माणका लागि सिलान्यास भएको हो ।
लोकमार्गबाट कनकाई नगरपालिकाको कार्यालय जाने नगरपालिका मार्गमा प्रवेश भएसँगै पृथ्वीनारायण शाहको सालिकहुँदै कार्यालय जान सक्ने गरीको स्थलमा सालिक निर्माण हुन लागेको कनकाई नगरपालिकाका प्रमुख पोखरेलले बताउनु भयो । पृथ्वीजयन्तीको अवसरमा सिलान्यास गरिएको सालिक आउँदो फागुन ७ गते प्रजातन्त्र दिवसको अवसर पारेर स्थापना गरिने नगर प्रमुख पोखरेलले जानकारी दिनु भयो । करिव ८ फुटको चौडाइमा स्थापनाहुने सालिकनिर्माणकालागि १० देखी १२ लाख सम्मको खर्च अनुमान गरिएको नगरपालिकाले जनाएको छ । स्थानीय तह कनकाई नगरपालिकाको जिम्मेवारीमा रहनु भएका जनप्रतिनिधिहरुले कनकाईमा यस अघि महामानव ववि.पी. कोइरालाको पूर्ण कदको सालिक कनकाईको वडा नं.—५मा निर्माण गरिसकेकोे छ ।
नेपालमात्र नभई दक्षिण एसिया सम्मनै एउटा दुरदर्शी अनि राष्ट्रियताको प्रतिकका रुपमा मानिएका पृथ्वी नारायण शाहको सम्मान स्वरुपं हरेक बर्ष पौष २७गते विविध कार्यक्रम संचालन हुँदै आएका छन् । योदिनमा केवल एउटा राजाको जन्म दिन मात्र नभई सिंगो नेपालको पहिचान अनि नेपालीपनाको बिगुल फुकिएको र झकझक्याउने दिनका रुपमा पनि लिँइदै राष्ट्रिय एकता दिवस मनाउँने गरिएको कनकाई नगरपालिकाका प्रमुख पोखरेल बताउनुहुन्छ । विक्रम सम्वत् १७७९ को पौष २७ मा पिता नरभुपाल शाह र माता कौशल्यावति देवीका प्रथमपुत्र पृथ्वी नारायण शाहले नै आधूनिक नेपालको खाका कोरेको इतिहाँस छ । पृथ्वीनारायण शाहको पालामा हालको भारत अधिन रहेको तत्कालिन पञ्जाबदेखि सिक्किम सम्म नेपाली भू–भाग रहेको र आजको वर्तमान नेपाल भन्दा विशाल नेपाल उतिबेला रहेको इतिहाँसमा उल्लेख गरिएको छ ।

सम्बन्धित खबर