बिहिवार, कार्तिक १, २०८१
Sancharmanch

दलहरु बिच सहमति नभई एमसीसी पास हुँदैन् ः सहमहामन्त्री आङ्देम्बे

मङ्गलवार, पौष २७, २०७८

पाँचथर,पुस २७, नेपाली काग्रेसका सहमहामन्त्री भिष्मराज आङदेम्बेले दलहरु बिच सहमति भएपछि मात्र एमसिसि पास हुने बताउनु भएको छ ।

पाँचथर प्रेस युनियन पाँचथरले मंगलबार सदरमुकाम फिदिममा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै आङ्देम्बेले दलहरु वीचमा सहमति नभईकन एमसिसी पास नहुने बताउनु भएको हो ।उहाँले हिजो सत्तामा भएकाहरुले सत्तामा हुदा र सत्तामा नहुँदा दिएका एमसिसी प्रतिको फरक फरक अभिव्यक्तिले जनतामा एमसिसी प्रती भ्रम शृजना भएको बताउनुभएको हो ।पाटी भित्र विसँगतीहरु रहेको बताउँदै उहाँले त्यस्लाई माथी केन्द्र देखि नै शुद्धीकरण गर्ने अभियान चलाइने बताउनुभयो ।पत्रकार सम्मेलनमा वोल्दै आङदेम्बेले संसद अवरुद्ध बारे बोल्दै आङ्देम्बेले बिपक्षिले संसद अवरुद्ध गर्दा पनि बार्ता बाटनै समस्या समाधान गर्नुपर्नेमा उहाँको जोड थियो ।उहाँले ‘संसद अवरुद्ध गर्ने अनि भत्ता चै खाइ रहने प्रवृत्तिले मुलुकलाई थप अन्योलतामा लगेको आङ्देम्बेको ठहर थियो ।

सम्बन्धित खबर