बिहिवार, कार्तिक १, २०८१
Sancharmanch

वराह च्यालेन्ज कपको आर्य , व्यय सार्वजनिक , १ लाख ५१ हजार ३ सय ३० रुपैयाँ नोक्सानी,

मङ्गलवार, पौष २७, २०७८

सुनसरीको वराहक्षेत्र (२ चतरामा मसिर २३ गतेदेखि पौष ३ गतेसम्म आयोजना भएको प्रथम वराह च्यालेन्ज कप ( २०७८ को आय , व्यय सार्वजनिक गरिएको छ । आयोजक हाटखोला फुटबल क्लवले मङलवार पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको हिसाब सार्वजनिक गरेको हो ।
वडा नं २ को कार्यलयको सभाहलमा आयोजना भएको पत्रकार सम्मेलनमा आयोजक क्लबका सचिब रोहित साहले प्रतियोगितामा क्लबले कुल आम्दानी ४ लाख ४५ हजार १ सय ८४ रुपैयाँ गरेको र खर्च ५ लाख ९६ हजार ५ सय १४ रुपैयाँ भएको बताउनु भयो । सचिब साहका अनुसार प्रतियोगिताबाट आयोजकलाई १ लाख ५१ हजार ३ सय ३० रुपैयाँ नोक्सान भएको छ ।

स्थानीय खेलाडीलाई प्रोत्साहन र लागू पदार्थ दुव्यसनीलाई न्युनिकरण गर्ने उदेश्य राखेर आयोजना गरिएको प्रतियोगितामा खेलमैदान निर्माण गरेर प्रतियोगिता आयोजना गरेका कारण आयोजकले नोक्सानी वेहोर्नु परेकल सचिब साहले बताउनु भयो । प्रथम प्रतियोगिता भएकाले यसबाट थप कुरा सिकेर दोस्रो संस्करणलाई थप व्यवस्थित बनाएर लैजाने आयोजक हाटखोला फुटबल क्लवका अध्यक्ष बिकास सुनुवारले बताउनु भयो । नगर खेलकुद बिकास समितिलाई खेल मैदान थम मर्मत गर्न बजेट माग गरेको र प्रतियोगितामा आर्थिक सहयोग नहुदा प्रतियोगिता घाटामा गएको अध्यक्ष सुनुवारले बताउनु भयो ।
स्थानीय खेलाडिलाइ राष्ट्रिय स्तरमा पुराउने उदेश्यमा खाटखोला सफल हुँदै गएको सचिव साहले बताउनु भयो ।यस बर्ष हाटखोलाका खेलाडि आकाश राई फेन्स क्लब , शौरब वराल थि स्टार र अमर श्रेष्ठ संकटामा अनुवन्दन हुनु आयोजकको क्लबको उपलब्धि भएको साहले बताउनु भयो ।

क्लबका अध्यक्ष सुनुबारको सभाध्यक्षतामा सम्पन पत्रकार सम्मेलनमा पुर्ब राष्ट्रिय खेलाडि वर्तमान राई , माउन्ट एभरेस्ट स्पोर्टिङ क्लबका अध्यक्ष सुर्य तुम्मवाहफे लगाएतको उपस्थिति रहेको थियो ।

सम्बन्धित खबर