बिहिवार, कार्तिक १, २०८१
Sancharmanch

वराहक्षेत्रको सालवनीमा पृथ्वी जयन्ती मनाईयो

मङ्गलवार, पौष २७, २०७८

सुनसरीको वराहक्षेत्र नगरपालिका वडा नं ८ सालवनीमा पृथ्वी जयन्ती मनाईएको छ ।
स्थानीयवासिको नेतृत्वमा सालवनीको स्वामी गाछिमा राष्ट्र एकीकरणकर्ता , राष्ट्र निर्माता पृथ्वीनारायण शाहको ३०० अौं जन्म जयन्तीको दिनमा मङलवार पृथ्वी जयन्ती मनाईएको हो ।

स्थानिय अगुबा प्राथमप्रताव राणाको सभाध्यक्षतामा सम्पन कार्यक्रममा स्थानीयहरुले पृथ्वीनारायण शाहको तस्बिरमा माल्यापण तथा पृथ्वी नारायण साहको योग्दानको चर्चा गर्नु भएको थियो।

स्थानीय समाजसेवि रामप्रताव बुढाथोकीको प्रमुख आतिथ्यतामा कार्यक्रम आयोजना भएको थियो । कार्यक्रममा स्थानीय चिल्डेन हाट एकेडेमीमा प्राचार्य रोनि बिष्टले पृथ्वीनारायण शाहले राष्ट्रलाई पुराएको योग्दानको चर्चा जति गरे पनि अपुरो रहने बताउनु भयो । उनले आफ्नो बिद्यालयमा पृथ्वीनारायण साहको तस्बिर राखेर बिद्यार्थीहरुमाझ पृथ्वीनारायणलाई जवित वनाउन खोजेको बताउनु भयो ।कार्यक्रममा स्थानिय समाजसेवि रोशन खड्का , रामकुमार राई , वावुराम ठकुरी लगाएको उपस्थित रहेको थियो ।
पृथ्वीनारायण शाहको योगदानको स्मरण जयन्ती मनाइएको स्थानिय भुवन शाहीेले बताउनु भयो । देश विकास र समृद्धिका लागि सुशासन कायम गर्नुपर्ने, घुस दिने र लिने दुवै देशका शत्रु हुन्, नेपाल दुई ढुंगाबीचको तरुल हो, जाइकटक नगर्नु झिकिकटक गर्नु, खेतीयोग्य जमिनमा बस्ती नबसाउनु भन्ने दिव्योपदेशको मर्म अझै पनि उत्तिकै सान्दर्भिक रहेको सहभागीहरूको भनाई थियो । यस वर्ष ३०० औं पृथ्वी जयन्ती दिन विषेश सालबनीमा पहिलो पटक कार्यक्रमको आयोजना गरिएको शाहीले बताउनु भयो ।

भौगोलिक रुपमा नेपाल एकीकरण गरेकाले पृथ्वीनारायणलाई राष्ट्र निर्माताको उपमा समेत दिने गरिएको छ । नेपाल एकिकरण गरेका राजा पृथ्वी नारायणको स्मरणमा २००७ साल पछि एकता दिवस मनाउन थालिएको थियो ।

पृथ्वी नारायण शाहले बाइसे र चौंविसे राज्यलाई एकिकरण गरेर वृहत नेपाल बनाएको इतिहाँस रहेको छ। तत्कालीन समयमा पृथ्वी नारायण शाहले दिएका उपदेश अहिलेको अवस्थामा पनि उत्तिकै सान्दर्भिक रहेकोले उनको दूरदर्शिताको कदरका लागि भएपनि दिवस मनाउनुपर्ने माग भएकाले कार्यक्रम आयोजना गरिएको कार्यक्रम संयोजक प्राथमप्रताव राणाले बताउनु भयो ।

सम्बन्धित खबर