बिहिवार, कार्तिक १, २०८१
Sancharmanch

कोरोना प्रभाब ‒ पूर्वकै चर्चित माईवेनी मेला स्थगित

मङ्गलवार, पौष २७, २०७८

झापा — पूर्वकै चर्चित कनकाई माईवेनी मेला यस बर्ष नलगाईने भएको छ । कोभिड १९ को संक्रमणदरलाई मध्यनजर गर्दै माईवेनी मेला स्थगित गरिएको हो ।
झापाको कनकाई नगरपालिका र शिवसताक्षी नगरपालिकाका प्रमुख र प्रतिनिधिहरु तथा प्रहरी प्रमुखहरुको बैठकबाट परम्परादेखि कनकाई नदीको दुबै किनारामा लाग्दै आएको कनकाई माईवेनी मेला नलगाउने निर्णय गरिएको कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले जानकारी दिनु भयो । यसअघि पुस २८ गतेदेखि माघ २ गतेसम्म कनकाई माईको दुबै किनारामा मेला लगाउनका लागि टेन्डर आव्हान गरिएको थियो । सीसीएमसीको बैठकको निर्णयपछि नगरपालिकाले समेत मेला ठेक्काको सबै निर्णय फिर्ता गरी सम्बन्धित ठेकेदारहरुको रकम फिर्ता दिने निर्णय भएको बताईएको छ ।
कनकाई माईवेनी मेला भर्न र मकर स्नान गर्न नेपाल तथा भारतबाट समेत ठूलो संख्यामा भक्तजनहरुको आगमन हुने गरेको थियो ।

सम्बन्धित खबर