बिहिवार, कार्तिक १, २०८१
Sancharmanch

एमाले सुनसरी अधिवेशनमा त्रीपक्षिय प्रतिस्पर्धा

मङ्गलवार, पौष २७, २०७८

सुनसरी । एमाले सुनसरी अधिवेशनमा त्रीपक्षिय प्रतिस्पर्धा, मतदान जारी नेकपा एमाले सुनसरी जिल्ला कमिटीको निर्वाचन जारी छ । इनरुवाको जेल फिल्डमा १२ बजेदेखि सुरुभएको मतदानमा २१५० प्रतिनिधिले मतदान गर्ने भएका हुन । गत शुक्रवार उद्घाटन भएको जिल्ला अधिवेशनले नेतृत्वमा सहमति जुटाउन नसकेपछि निर्वाचन भएको हो । जिल्ला अध्यक्षको लागि पुर्व अध्यक्षहरु रेवतिरमण भण्डारी र द्वारिकलाल चौधरी सहित हालका अध्यक्ष खेमराज पोखरेल बिच प्रतिस्पर्धा हुने भएको छ । १० बुदे सहमतिको पक्षमा रहेका पोखरेल र चौधरीले आपसमा मत काट्दा भण्डारीलाई फाइदा पुग्ने आकलन गरिएको छ । १ जना उपाध्यक्षमा नन्द बस्नेत र निलम बस्नेत बिच प्रतिस्पर्धा हुँदैछ भने २ उपसचिवमा ६ जना मैदानमा रहनु भएको छ । सचिवमा भने पर्शुराम यादव सर्वसम्मत हुनु भएको छ । आजको निर्वाचनले सुनसरीमा १३५ सदस्यीय कार्यसमिति चयन गर्ने भएको छ ।

सम्बन्धित खबर