बिहिवार, कार्तिक १, २०८१
Sancharmanch

अवैध लागुऔषध गाँजा सहित ३ जना पक्राउ

मङ्गलवार, पौष २७, २०७८

मोरङ, पौष २७ मोरङको धनपालथान गाउँपालिका २ बाट लागुऔषध गाँजा ३ केजी १०५ ग्राम सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । आईतवार बेलुकी सवा ३ बजे प्रहरी चौकी अमाहीबरियातीबाट खटिएको प्रहरी टोलीले बिशेष सुचनाको आधारमा धनपालथान २ बरियाती टोलका ४० बर्षीय बसन्त पासवान, सुनसरी धरान १६ का ३६ बर्षीय रविन राई र २९ बर्षीय वचन राईलाई पक्राउ गरेको हो । निजहरुबाट अवैध लागुऔषध गाँजा ३ केजी १०५ ग्राम, नगद २० हजार ५ सय रुपैया र प्रदेश १(०२०(०४५ प २६९९ नंम्बरको मोटरसाईकल बरामद भएको थियो । अवैध लागुऔषध गाँजा सहित पक्राउ परेका तीनै जनालाई सम्मानित मोरङ जिल्ला अदालतबाट लागुऔषध कसूरमा म्याद थप गरी थप अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

सम्बन्धित खबर