बिहिवार, कार्तिक १, २०८१
Sancharmanch

वडा अध्यक्ष कार्की द्वारा शिवसताक्षीका महिला स्वास्थ्य स्वयमसेविकालाई न्यानो कपडा वितरण

मङ्गलवार, पौष २७, २०७८

झापा, पौष २७, झापाको शिवसताक्षी नगरपालिका वडा नं. ६ भित्रका महिला स्वास्थ्य स्वयम सेविकाहरुलाई ज्याकेट र जुत्ता वितरण गरिएको छ । वडाको वार्षिक वजेटमा समावेस गराएर गत आर्थिक वर्ष साइकल, ब्याग र छाता वितरण गरिसकेको वडाले यस आर्थिक वर्ष वडाकै कार्यक्रम भित्र रहेर ज्याकेट तथा जुत्ता वितरण गरेको छ । वडा भित्रका विभिन्न टोलमा कार्यरत ३ जना महिला स्वास्थ्य स्वयमसेविकाहरु गायत्रा मैनाली, कमला गुरागाई र देवि चौहानलाई जाडो लक्षित गरी सो सामग्रीहरु वितरण गरिएको वडा अध्यक्ष मनोज खुलाल (कार्की)ले जानकारी दिनु भयो ।


जाडोको श्रङ्खला लगातार वढिरहदा वडामा कार्यरत महिला स्वास्थ्य स्वयमसेविकाहरुलाई विहान वेलुका काम गर्न निक्कै कठिन हुने वताउँदै महिला स्वास्थ्य स्वयम सेविका गायत्रा मैनाली आँखाभरी आँसु पार्दै भन्नु हुन्छ ‘सरकारले दिएको सेवा सुविधा वाट सामान्य पकेट खर्च पनि चल्न गाह्रो छ, हामिलाई अत्यावश्यक पर्ने लत्ता कपडा प्रदान गरेकोमा वडा अध्यक्ष मनोज खुलाललाई धेरै धेरै धन्यवाद ।’ वडा नं. ६ ले महिला स्वास्थ्य स्वयमसेविकालाई पहिलो वर्ष शिवसताक्षी नगरपालिकामै पहिलो पटक साइकल वितरण गरेको संझदै महिला स्वास्थ्य स्वयमसेविका कमला गुरागाई भन्नु हुन्छ ‘हाम्रो वडाले सामग्री वितरण गरेको देखेपछि मात्र अन्य वडाले पनि केहि कार्यक्रम सञ्चालनको सुरुवात गरेको हो ।’ स्थानिय सरकारको एउटा अंग वडा वाट यसरी महिला स्वास्थ्य स्वयमसेविकाहरुलाई संवोधन गरिरहदा अर्कि महिला स्वास्थ्य स्वयमसेविका देबि चौहान संघ, प्रदेश तथा संघ सरकारले समाजको अग्रपंतिमा रहेर काम गर्ने हामिलाई थप ब्यवस्थापन गर्न नसकेको गुनासो गर्नु हुन्छ ।
वडामा एक पछि अर्को ग्रामिण स्तरमा लोकप्रिय कार्यक्रम सञ्चालन गरिरहेका वडा अध्यक्ष कार्की शिवसताक्षी नगरपालिका भित्र सवैको नजरमा पर्न थाल्नु भएको छ । हरेक नागरिकहरुलाई सेवा पुर्याउने लक्ष सहित वडाको कार्यक्रम निर्माण गर्ने सन्दर्भमा समुदायको मागलाई पुर्ण रुपमा संवोधन गर्नु पर्ने उहाँको धारणा छ ।

सम्बन्धित खबर