बिहिवार, कार्तिक १, २०८१
Sancharmanch

करेन्टलागी १ जनाको मृत्यु

मङ्गलवार, पौष २७, २०७८

तेह्रथुम, पौष २७ तेह्रथुमको फेदाम गाउपालिका(१ का ५२ बर्षीय अम्बर बहादुर बस्नेतको घाँस काट्ने क्रममा करेन्ट लागी मृत्यु भएको छ । हिजो मध्यान्न १२ बजे छिमेकी नन्द बहादुर बस्नेतको खेतमा रहेको पटमेरोको रुखमा चढी हाँगा झार्ने क्रममा हाईटेन्सन लाईनको तारमा हाँगा अल्झिदा निजलाई कटेन्ट लागी घटनास्थलमा नै मृत्यु भएको थियो । मृतक स्थानिय महाकाली मा।बि। को प्रधानाध्यापक रहेको, घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय तेह्रथुमबाट थप अनुसन्धान भैरहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरका सूचना समन्वय अधिकृत, प्रहरी प्रवक्ता, प्रहरी उपरीक्षक, नविनराज राईले सञ्चार मञ्चलाई जानकारी दिनु भयो ।

सम्बन्धित खबर