बिहिवार, कार्तिक १, २०८१
Sancharmanch

नेकपा एमाले सुनसरीको अध्यक्षमा त्रीपक्षीय प्रतिस्पर्धा हुने

सोमवार, पौष २६, २०७८

इटहरी । नेकपा एमाले सुनसरीको अध्यक्षमा त्रीपक्षीय प्रतिस्पर्धा हुनेभएको छ । त्यससँगै अध्यक्ष लगायत पदाधिकारीमा सहमति जुटाउने केन्द्रिय नेतृत्वको पहल निरर्थक बनेको हो । शुक्रवारबाट सुरु भएको अधिवेशन अन्तरगत मंगलबार निर्वाचन बाट नेतृत्व चयन हुनेभएको छ। अध्यक्ष लगायतका पदाधिकारीमा सहमति गरेर सदस्यमामात्र निर्वाचन गराउने नेताहरुको योजना असफल भएको छ । सोमबार ३ बजे सार्वजनिक भएको उम्मेद्बारको अन्तिम नामावलीमा अध्यक्षमा ३ जनाको उम्मेद्बारी परेको छ । पुर्व अध्यक्षहरु रेवतिरमण भन्डारी र द्वारिकलाल चौधरी र हालका अध्यक्ष खेमराज पोखरेलले उम्मेद्बारी दिएको जनाइएको छ । तिनैजना चुनावी मैदानमा भएपछि रोचक प्रतिस्पर्धा हुने भएको छ । इटहरी उपमहानगरपालिकाका मेयर समेत रहेका चौधरीले लोकप्रिय भएकै हिसाबमा आफुलाई बलियो उम्मेद्बारको रुपमा देखाउनु भएको छ । तथापि पार्टीभित्र उहाँको प्रभाव कमजोर स्थितिमा देखिन्छ । १० बुदे सहमतिको पक्षमा भएका केही र चौधरी समुदायका केही प्रतिनिधिको साथ पाउने अवस्थामा चौधरी रहेको देखिन्छ । तर पोखरेल भने १० बुदे पक्षधरका मुख्य उम्मेद्बार हुनुहुन्छ । पोखरेलले आयोजक कमिटीमा आफू निकट कार्यकर्ता राखेको हुँदा उहाँलाई त्यसैको आश देखिन्छ । चौधरी र पोखरेललाई आउने मत एउटै समुहको भएको कारण भन्डारीलाई फाइदा पुग्ने देखिन्छ । चौधरीले आफुलाई व्यवस्थापन गर्ने विश्वासिलो वचन नपाएपछि उम्मेद्बारी फिर्ता लिनु भएन । तर त्यसको घाटा पोखरेललाई पर्ने देखिन्छ । चौधरी र भण्डारी इटहरीका हुनुहुन्छ। पुनः इटहरीको मेयरको आकाङ्क्षी देखिनु भएका उहाँले शीर्ष नेताहरूबाट त्यसको बाचा खोज्नु भएको थियो । त्यसको लागी माधव नेपाललाई भेट्ने देखी अधिवेशनमा बागी उम्मेदवार खडा गर्ने काममा उहाँ लाग्नु भएको छ । उता एमाले पूर्व सचिव तथा प्रदेश १ का पूर्व मुख्यमन्त्री भीम आचार्यले समेत भित्री सक्रियता देखाउनु भएको छ । महाधिवेशन उद्घाटन शत्रमा समेत उपस्थित नजनाउनुभएका उहाँ भण्डारी विरुद्धको मोर्चा बन्दीमा लाग्नु भएको छ। लामो समयदेखि भण्डारीले आलोचना गरेको र प्रदेश १ संसदीय दलको नेतामा पराजित गरेको बदला लिन लागिपरेको आरोपल छ । आचार्य पक्षीय नेताहरू एकीकृत समाजवादीमा प्रवेश गरिरहेको अवस्थामा उहाँ कमजोर बन्दै गएको देखिन्छ । भर्खरै सचिवमा पराजित हुनुभएका उहाँ सुनसरीमा पनि कमजोर अवस्थामा देखिनु भएको छ । पुनः भण्डारी अध्यक्षमा निर्वाचित भए आफू झनै कमजोर हुने उहाँको बुझाई छ। पोखरेलको नाममा सहमति जुटे केही ढाडस मिल्ने बुझ्नु भएका उहाँ लगायत केही नेताहरू भण्डारीका विरुद्धमा लागेको देखिन्छ। पोखरेल र चौधरी दुवैलाई उम्मेद्बार हुँदा भन्डारी पराजित हुनसक्ने आचार्य समुहको बुझाइ छ । सुनसरी सह इन्चार्ज भगवती चौधरी, हालका उपसचिव लिलाम बस्नेतले पनि भण्डारी विरोधी मोर्चामा रहेको बुझिएको छ। बस्नेतले उपाध्यक्षको लागि उम्मेद्बारी दिनु भएको छ । त्यसबाहेक पूर्व अध्यक्ष रमेश बस्नेतले पनि पोखरेललाई वा चौधरीलाईनै समर्थन गर्ने देखिन्छ। कार्यकर्तामाझ लोकप्रिय देखिएका भण्डारी पोखरेल र चौधरी भन्दा बलिया उम्मेदवार हुनुहुन्छ। सुनसरी क्षेत्र नम्बर १ बाहेक अन्यत्र भण्डारीको बलियो पकड छ। सुनसरी क्षेत्र नम्बर २ को प्रतिनिधिसभाको उम्मेदवार भण्डारीलाई बनाएर पोखरेललाई अध्यक्ष दिने प्रयास समेत भइरहेको बुझिएको छ। तर भण्डारी पछि हुने निर्वाचनको बिषययमा अहिल्यै टिकट वितरण गर्न नसकिने बताउनु हुन्छ। पोखरेल अन्तिम समयसम्मै सहमतिको लाइनमा देखिनु भएको थियो । निर्वाचनमा जाँदा आफू विजयी हुनेमा ढुक्क नहुनु भएका उहाँले सहमतिलाई जोड दिनु भएको थियो । तथापि उहाँले उम्मेद्बारी भने फिर्ता लिनुभएन। प्रदेश १ का महत्वपूर्ण मानिएका झापा मोरङ र सुनसरी मध्ये सुनसरीमा मात्र निर्वाचन हुने भएको छ । मोरङ अध्यक्षमा ऋषीकेश पोखरेल र झापामा दीपक कार्की सर्वसम्मत अध्यक्ष चयन हुनुभएको छ।

सम्बन्धित खबर